aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

भीसीटीएसमा साढे ५२ खर्ब कारोबारको विवरण, मुद्दाको संख्या घट्दै, बिगो मागदाबी बढ्दै

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २२ असार २०७८
भीसीटीएसमा साढे ५२ खर्ब कारोबारको विवरण, मुद्दाको संख्या घट्दै, बिगो मागदाबी बढ्दै

काठमाडौं । सरकारले २०७६ साउनबाट सुरु गरेको ‘भेहिकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम’ (भीसीटीएस) प्रणालीमा हालसम्म साढे ५२ खर्ब रुपैयाँ कारोबार विवरण दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले सोमबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा जनाइएअनुसार ५२ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको मालसामन कारोबारको विवरण दर्ता भएको छ । आयात वा निर्यात गर्दा र मुलुकभित्र एक ठाउँबाट अर्को ठाउँमा मालसान खरिदबिक्रीको ढुवानीका क्रममा त्यसको सम्पूर्ण विवरण वेबमा दर्ता गराउने प्रणाली हो- भीसीटीएस । मालसमान आयात तथा आन्तरिक खरिदबिक्रीका क्रममा विभिन्न तरिकाले कर छली गर्ने प्रवृत्तिविरुद्ध भीसीटीएस लागु गरिएको हो ।

‘आयात गर्दाको सामान, लामो दूरी ढुवानी हुँदाका सामानमध्ये करिब ९५ प्रतिशत भीसीटीएसमा दर्ता हुने गरेका छन्,’ विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने, ‘यो प्रणालीले कति सामान आयात भई कतिमा बिक्री भयोदेखि नेपालभित्रै कुनै एक व्यापारीले अर्को व्यापारीलाई कतिमा सामान बिक्री गर्‍यो भन्ने विषयको ट्र्याकिङ गर्छ । यसले कर संकलन र कर छलीलाई निकै सुधार गरेको छ ।’

प्रतिक्रिया दिनुहोस