
एलेक्सा नाम गरेका बच्चाका बाउआमाले आफ्नो छोरीमाथी अत्याचार भइरहेको दाबी गरेका छन् । उनीहरुले अमेजनको भर्चुअल सहयोगीको नाम आफ्नो बच्चाको नामबाट राखिएको भन्दै आपत्ती जनाएका हुन् ।
कतिपयले त अमेजनकै कारण आफ्नो बच्चाको नाम समेत बदलेका छन् । उनीहरुको भनाई छ की, ती बच्चाहरुको नाम एलेक्सा भएको कारण उनीहरुको मजाक समेत उडाउन गरिएको छ । एलेक्सा नाम भएका बच्चाका अभिभावकले अमेजनलाई आफ्नो डिभाइसको भर्चुअल सहयोगीको नाम बदलेर अर्कै नाम राख्न माग गरेका छन् । नयाँ राख्ने नाम कुनै पनि मानिससंग नमिल्ने खालको हुनुपर्ने उनीहको भनाई छ ।
अमेजनले यसरी मानिसहरुले गरेको आपत्तिप्रति आफू दुखी रहेको र आफ्नो भर्चुअल सहयोगीको लागि अर्को नाम समेत तयार रहेको जनाएको छ ।
हुन पनि हालका वर्षहरुमा एलेक्सा नाम आम बोलचारको हिस्सा बनिसकेको छ । किनभने आज धेरै जसो घरहरुमा आवाजबाट चल्ने स्मार्ट स्पिकरको प्रयोग बढीरहेको छ ।
अमेजनको इको र इको डट स्पिकरलाई कुनै निर्देशन दिनुपर्यो वा प्रश्न सोध्ने पर्यो भने एलेक्सा भनेर बोलाउनु पर्ने हुन्छ । जसको कारण एलेक्सा नाम गरेका मानिसहरुलाई हैरानी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस