aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना खोपले नै लिएको हो त यी बाउ-छोरीको ज्यान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ असार २०७८
कोरोना खोपले नै लिएको हो त यी बाउ-छोरीको ज्यान ?

एजेन्सी । यो पिडादायक कथा अमेरिकाको मिसिगन बासिन्दा क्याथ्रिन किन्डेल नामक महिलाले सार्वजनिक गरिन् । जसमा उनले आफ्नी दिदी र बुवालाई चार दिनको अन्तरमा कोरोना विरुद्ध लगाएका खोपको कारण गुमाएको पिडा छ ।  

जारी कोरोना महामारीका सबै कयौँ परिवारले ठुलो सङ्ख्यामा आफ्ना सदस्यहरू गुमाए । तर, क्याथ्रिनको पिडा किन भिन्न भयो भने कोरोनाबाट बच्न अनिवार्यरुपमा लगाउनै पर्ने भन्दै व्याख्या गरिएका खोपहरू ती दुवै मृतकहरूले लगाएका थिए । जसको कारण उनीहरूको ज्यान गयो । 

उनीहरू मध्ये जोन रोबर्ट किन्डेल जुनियरले मोडर्नाको दोस्रो खोप अप्रिल महिनामै लगाएका थिए । त्यसको केही दिनमै उनलाई ह्रृदयघात भयो । उनको अप्रिल २८ २०२१ का दिन मृत्यु भयो । उनी अमेरिकी मार्सलका पूर्व कर्मचारी हुन् । जसले सरकारी सेवामा लामो समय बिताए । र पछि एउटा सेक्युरिटी कम्पनीसमेत स्थापना गरेर चलाएका थिए ।  

उनकी छोरी किम्बर्ली एसटी.चाल्सले अप्रिलको अन्त्यमा खोप लागाईन् । उनले जोन्सन एण्ड जोन्सनको खोप लगाएकी थिइन् । दुर्भाग्यवश खोप लगाएको दिनदेखि नै उनमा खोपको नकारात्मक प्रभाव देखिन थाल्यो । अन्ततः खोप लगाएको केही दिन नबित्दै आइसियु बेडका उनले देह त्याग गरिन् । 

उनकी बहिनीका अनुसार चाल्समा कुनै पनि प्रकारको स्वास्थ्य समस्या थिएन । उनका चार जना बच्चा छन् । र, उनले कोरोना खोपकै दुष्प्रभावका कारण आफ्ना बाबु र दीदीको ज्यान गएको दाबी गरेकी छिन् । 

स्मरण रहोस्, हाल विकास गरिएका कोरोना विरुद्धको खोपहरूले मानव शरीरमा दुष्प्रभावहरू ल्याउन सक्छन् भन्ने चेतावनी वैज्ञानिकहरूले पटक पटक दिँदै आएका छन् । उनीहरूले विश्वव्यापीकरण जारी खोप अभियान तुरुन्तै रोकेर मानिसलाई गिनिपिक बनाउने हालको अमानवीय गतिविधिको अन्त्य गर्नु पर्ने सार्वजनिक आह्वान समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस