मोटरसाइकलमार्फत यातायात सेवा प्रवाह गर्ने ‘पठाओ’ को चर्चा अहिले निक्कै रहेको छ । राजधानीको व्यस्त जीवनशैलीमा रहेको ट्राफिक समस्याबाट आजित भएका सेवाग्राहीलाई यो सेवाले मन जितेको छ । छोटो समयमा सेवाग्राहीमा लोकप्रिय रहेको ‘पठाओ’ सम्भावना र चुनौतीका बारेमा आर्थिकन्युज डटकमका लागि विजय फुयाँलले पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातसँग गरेको कुराकानीः
मोटरसाइकल भाडामा लिफ्ट दिने व्यवसाय अहिले निक्कै चर्चामा रहेको छ, यो सोच कसरी आयो, नेपालको सन्दर्भमा यो कति उपयोगी देखिएको छ ?
हरेक एउटा नयाँ आइडियाले समस्या समाधान गरेको हुन्छ । नेपालको सबैभन्दा ठूलो समस्या भनेको यातायातको हो । यातायातको समस्यालाई सम्बोधन गर्न काठमाडौंमा पाँच जनामध्ये एक जनाको मोटरसाइकल हुनु पर्याे । एक जनाको मोटरसाइकलबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने सोच थियो । यस व्यवसायलाई अगाडि बढाउन सक्छौ भन्ने लागेरमा हामीले शुरु गरेका हौं ।
एक जनाको मोटरसाइकलबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने सोच थियो । यस व्यवसायलाई अगाडि बढाउन सक्छौ भन्ने लागेरमा हामीले शुरु गरेका हौं ।
अहिले हाम्रो हरेक हप्ता सेवा विस्तार हुँदै गएको छ । हामी खासै ‘प्रोमोसन’ पनि गर्दैनौ । तर, मानिसले आफ्नो आवश्यकता यो हो भन्ने बुझेर एप डाउनलोड गरी हामीसँग जोडिँदै जानु भएको छ । यो व्यवसाय चाहिँ नेपालको हरेक शहरमा लैजान सकिन्छ ।
अहिले ‘पठाओ’ बाट दैनिक कति यात्रुले सेवा लिइरहेका छन् ?
सरदर दैनिक १५ हजार जनाले अहिले दैनिक यसबाट सेवा लिइरहेका छन् ।
कस्ता खालका सेवाग्राहीले यसबाट सेवा लिइरहेका हुन्छन् ?
यसमा एउटा सेवा दिने र एउटा सेवा लिने सेवाग्राही हुन्छन् । सेवा लिने र दिनेको बीचमा एप बनाएर जोडिने माध्यम बनाएका छौं । सेवा दिने ५०/५५ प्रतिशत सेवा दिने सेवाग्राही चाहिँ फुल समय जागिर खानु भएका र बिहान–बेलुका र दिउँसो मिलेको बेलामा एक–दुई जना लैजान्छु भन्ने पनि हुनुहुन्छ । उहाँहरू इन्स्योरेन्समा काम गर्ने र सरकारी जागिरे पनि हुनुहुन्छ ।
सेवा दिने ५०/५५ प्रतिशत सेवा दिने सेवाग्राही चाहिँ फुल समय जागिर खानु भएका र बिहान–बेलुका र दिउँसो मिलेको बेलामा एक–दुई जना लैजान्छु भन्ने पनि हुनुहुन्छ । उहाँहरू इन्स्योरेन्समा काम गर्ने र सरकारी जागिरे पनि हुनुहुन्छ ।
सेवा दिनेमा ४० वर्षभन्दा कम उमेरका रहेका छन् । हामीले सस्तो छिटोलाई हेरेर काम गरिरहेका हुन्छौं । यो बाहेक सिफ्टमा काम गर्ने कल सेन्टर, होटल रेस्टुरेन्टमा काम गर्ने राति हिँड्ने व्यक्तिहरू हाम्रो एपमा जोडिनु हुन्छ । हाम्रो सेवा २४सैं घण्टा खुल्ला हुन्छ । ५० कटिसकेका वा जागिरबाट अवकास लिएर बसेका मानिसले पनि रमाइलोको लागि यो सेवा लिनुहँुदो रहेछ । यो सेवा लिँदा साथी वा आफ्न्तलाई भेट्न जाने उपाय लगाएर सेवा लिनुहुन्छ ।
यहाँहरूको सेवा काठमाडौं केन्द्रित मात्रै हो कि काठमाडौं बाहिरका शहरमा पनि छ ?
अहिले तत्काल चाहिँ उपत्यकाभित्र मात्रै सेवा दिन सकिरहेका छौं । सायद, महानगरपालिका र उपमहानगरपालिकामा रिसर्च भइरहेको छ । उहाँहरूले दैनिकजसो हाम्रोमा किन खुलेको छैन, हामी खोल्न तयार छौं आउनुपर्यो भनेर निमन्त्रणा गरिरहनु भएको छ ।
यसबाट सेवा लिन चाहने र सेवा दिन चाहनेहरू कसरी सहभागी हुन सक्छन् ?
सबैभन्दा पहिला एन्ड्रोइड मोबाइल र आईफोनबाट सेवा लिन चाहनेले एप डाउनलोड गर्नुहुन्छ । फोन रिस्टल गर्नुहुन्छ रिस्टल गर्न पाएको छैन उहाँ एक्टिभिट हुनुहुन्छ । र, अनुरोध गनुर््हुन्छ । अनुरोध गरेपछि सबैभन्दा नजिकको राइडरलाई टिपेर सेवा दिने गन्तव्यसम्म लैजानु हुन्छ ।
सेवा दिन चाहनेलाई चाहिँँ अफिसमै बोलाएर लाइलेन्स छ कि छैन भन्ने लगायतका विषयमा जानकारी लिएपछि । एप कसरी चलाउने भन्ने सिकाउछांै । गर्न हुने नहुने कुराको बारेमा जानकारी दिन्छौ, नेपालको नियमअनुसार के–के गर्न हुन्छ के गर्न हँुदैन भनेर सिकाउँछौ ।
सेवा दिन चाहनेलाई चाहिँँ अफिसमै बोलाएर लाइलेन्स छ कि छैन ,एप कसरी चलाउने ,नेपालको नियमअनुसार के–के गर्न हुन्छ के गर्न हँुदैन भनेर सिकाउँछौ ।
विषेश गरेर राइडरको सेफ्टी, कस्टमरको सेफ्टी, ओभरअटेक गर्दा आफ्नो लेनमा चलाउनु, अर्कोको लेनमा गएर नचलाउनु भन्ने जीता ट्राफिक नियमहरुबारे सिकाउछौं । उहाँहरूले बाइकमा प्रयोग गर्ने सामान पनि नक्कली हो कि होइन भनेर हेरेर पठाउने गरेका छौं ।
सेवा लिन चाहनेले फोन नम्बर राखेर रजिस्टर्ड गर्नुहुन्छ । आफू भएको ठाउँबाट आफू जाने ठाउँसम्म त्यही एपमा राखेर एप्लाई गरेपछि सबैभन्दा नजिकको राइडरकोमा त्यो अनुरोध पुग्छ र त्यो राइडरले सुरक्षित साथ गन्तब्यमा पुर्याइदिनु हुन्छ ।
यो अहिले मोटरसाइकलबाट मात्रै सेवा प्रवाह भइरहेको छ । भोलिका दिन ट्याक्सी, कार वा ठूला सवारी साधनबाट पनि सेवा प्रदान गर्ने विषयमा के सोच राख्नु भएको छ ?
हामीलाई यो काम गर्न सजिलो छ, नीति पनि आएको छैन । हाम्रो सबै कुरा ट्याक्सी, कार वा अरु लजिस्टिक १४ दिनभित्र खोल्न सक्छौं । केही कुरामा गाह्रो छ । अहिले ट्याक्सीलाई मिटरमा चल्न गाह्रो हुन्छ मिटरभन्दा माथि चल्नलाई गैरकानुनी मानिन्छ । हामीले मिटरमा चलाउन आग्राह गर्दा धेरैले आउँदैनौ भन्नुभयो । थोरै संख्याका ट्याक्सीले मात्रै आउँछु भन्नुभयो । जसले गर्दा हामी शुरु गर्न सक्दैनौ ।
सम्भवत एकदेखि डेढ महिनाभित्र नयाँ भाडादर आउँछ होला । त्यो आएपछि कालो नम्बरलाई पनि एपबाट नै चलाउन सक्छाैं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर पनि हामी चलाउन सक्छौं ।
कारको विषयमा निजी नम्बरलाई छुने वा नछुने भन्ने हुन्छ । ट्याक्सी व्यवसायीलाई त्यति मन नपर्न सक्छ । रातो नम्बर बाहेकका पर्यटकलाई मात्र चलाउन मिल्ने गरी चलाउने हो की भन्ने अर्को पाटो पनि छ । त्यसको लागि हामीले बजार अनुसन्धान गरिरहेका छाैं ।
सम्भवत एकदेखि डेढ महिनाभित्र नयाँ भाडादर आउँछ होला । त्यो आएपछि कालो नम्बरलाई पनि एपबाट नै चलाउन सक्छांै । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर पनि हामी चलाउन सक्छौं ।
नेपालको सडक पूर्वाधारलगायतका दृष्टिबाट यो व्यवसाय सञ्चालन गर्न कति समस्या छ ?
जति बाटो छ त्यसको ३० प्रतिशत पार्किङले खाइदिन्छ । हामीले लन्च गर्दाको समयमा काठमाडौंको बाटोमा चल्न सक्ने स्पिड चाहिँ १४.६ किलोमिटर थियो । अहिले बाटो बढेर प्रतिघण्टा १८पुगेको छ । एक घण्टा लाग्ने बाटोमा २०/२५ मिनेटमा पुग्दा हामीले कही न केही केही प्रभाव चाहिँ पारेको जस्तो लाग्छ ।
दुर्घटना, अंगभंग र मृत्युको कुरा अहिलेसम्म भएको छैन । आएको खण्डमा बीमा संस्थान, सरकार सबैसँग बसेर अगाडि बढाउनु पर्नेछ ।
सुरक्षाका सन्दर्भमा पनि निक्कै प्रश्न उठाइएको थियो । सडक सुरक्षादेखि चालक र यात्रुको सुरक्षाका विषयमा यहाँको भनाइ के छ ?
हाम्रो माध्यमभन्दा बाहिरको कुरा गर्दा नीति सरकारले दिने हो । हामीले नीति माग गरेको सात महिना भयो । बजेट अगाडि आउँछ भनेको त्यो पनि आएन । अब असार मसान्तसम्म आउँछ भनिएको छ । भवित्व्य परेको खण्डमा कसरी समाधान गर्ने भन्ने नीति नआएसम्म गाह्रो छ । हामीले धेरै बीमा कम्पनीहरूलाई पनि गएर भेट्यौं । उहाँहरूले बीमाको नीति नभएको भन्दै गर्न गाह्रो हुन्छ भन्नुभयो । २/३ वटा प्रपोजल चाहिँ काम लाग्ने छ । तर, एकदमै महँगो छ ।
बीमा कम्पनीलाई महँगो प्रिमियम दियौ भने ग्राहकलाई सेवा महँगो पर्न जान्छ । आजको दिनसम्म हामीले इन्स्योरेन्स गर्न सकेका छैनौ । दुर्घटना, अंगभंग र मृत्युको कुरा अहिलेसम्म भएको छैन । आएको खण्डमा बीमा संस्थान, सरकार सबैसँग बसेर अगाडि बढाउनु पर्नेछ ।
अहिलेका मुख्य चुनौतिहरू के–के हुन् ?
हामी एकदमै ग्रे एरियामा छौं । नवीनतम् सोच र प्रविधिसहितको व्यवसायमा ठोस नीतिको आवश्यकता रहेको छ । कर कसरी उठाउने, प्रविधिलाई कसरी अगाडि बढाउने र नीति कुन मन्त्रालयबाट अगाडि बढाउने निर्णय नभएसम्म हामीले डराई –डराई काम गर्नुपरेको छ ।
अन्त्यमा के भन्न चाहानु हुन्छ कि ?
हामी शतप्रतिशत सुरक्षित छौ त भन्दैनौ तर शतप्रतिशत सुरक्षित हुने तिर गएका छौ । हाम्रो सेवा अहिलेको लागि हवाई सेवाभन्दा पनि सुरक्षित छ ।
प्रतिक्रिया दिनुहोस