
एजेन्सी । सूचना प्रविधिको अग्रज कम्पनी विप्रोले कोरोना भ्याक्सिनका लागि एक हजार करोड दान दिने निर्णय गरेको छ । विप्रोले यसभन्दा पहिला पनि ११२५ करोड रुपैयाँ भारु दान गरिसेको छ ।
विप्रोले गएको वर्षमात्र कोभिड १९बाट बाहिर निस्कन मद्दत गर्ने घोषणा गरेको थियो । विप्रो फाउडेण्डसनका अध्यक्ष अजिम प्रेमजीले मंगलबार भारतीयहरुलाई भ्याक्सिन लगाउन मद्दत पुग्ने गरि सहयोग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस