aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पश्चिम बंगालकी मुख्यमन्त्रीलाई अदालतले ५ लाख जरिवना गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
पश्चिम बंगालकी मुख्यमन्त्रीलाई अदालतले ५ लाख जरिवना गर्यो

एजेन्सी । भारतको कलकत्ता उच्च अदालतले बुधबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई ५ लाख रुपैयाँ भारु जरिवाना गरेको छ । ममताले न्यायमूर्ति कौशिक चन्दाको बेन्चबाट चुनाव सम्बन्धी म्ुद्दाको सुनुवाई हटाउन खोजेकी थिइन । ममताले न्यायमूर्ति चन्दामाथि भाजपा संग सम्बन्ध रहेको आरोप लगाएका थिइन ।  

बुधबार फैसला सुनाउँदा उनले भने, ममताले न्यायपालिकाको छवि बिगार्न कोशिश गरिन । यद्यपि न्यायाधीश चन्दा आफैले यस मुद्दाबाट फिर्ता लिने निर्णय गरेका छन् । तर उनले भने, ‘यस मुद्दामा चासो र  मतभेद छ भन्ने कुरा अकल्पनीय हो । ती समस्या सिर्जना गर्नेहरूलाई विवाद जारी राख्न मौका दिइनु हुँदैन । 

प्रतिक्रिया दिनुहोस