aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

फाइजर र मोर्डनाको खोपले डेल्टा भेरियन्टबाट नजोगाउने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
फाइजर र मोर्डनाको खोपले डेल्टा भेरियन्टबाट नजोगाउने !

एजेन्सी । कोरोना भाइरस विरुद्धका खोपका लागि मानिसहरू जति आतुर छन् त्यति नै ती खोपको प्रभावकारिताबारे प्रश्न उठिरहेको छ । के वास्तवमै कोरोना भाइरस विरुद्ध फाइजर र मोर्डनाले बनाएका खोपहरूले संक्रमित हुनबाट जोगाउँछ त ?

खोप उत्पादन कम्पनीहरूको दाबी छ– यो खोपको ९० प्रतिशत भन्दा बढी प्रभावकारिता छ । तर, ती कम्पनीका खोप लगाएका मुलुक इजरायलको स्वास्थ्य मन्त्रालयले भने कोरोनाको नयाँ डेल्टा भेरियन्टबाट फाइजर र मोर्डनाको खोपले जोगाउनेमा आशङ्का व्यक्त गरेको छ ।  

इजरायलको सो निकायले यी कम्पनीका खोपको प्रभावकारिता ६४ प्रतिशत भन्दा माथि नरहेको दाबी समेत गरेको छ । तर, अहिलेसम्म सो इजरायली दाबीको तुलनात्मक विश्लेषण हुन बाँकी नै छ । उता खोप निर्माता कम्पनीहरुले भने यसले सङ्क्रमण र मृत्युको सम्भावनालाई ९३ प्रतिशतसम्म कम गर्छ भन्दै प्रचार गरिरहेका छन् । 

खोप विकास गरिएको देश अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने खोपको कतिपय खतरनाक दुष्प्रभाव भए पनि समग्रमा हानीको तुलनामा लाभ नै बढी हुने बताएको छ । त्यसैले यी खोप लगाएका मानिसहरूमा मुटु सम्बन्धी गम्भीर समस्या देखा पर्दैन । खोप अभियान रोकिएको छैन । 

त्यसो त अमेरिकाकै खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले पनि खोपका कारण मुटु सुन्निने घटना भएको स्वीकार गरिसकेको छ । साथै, युवा र सेनाका जवानहरुमा उल्लेख्य मात्रामा देखिएपछि त्यसले खोप प्रति बढाउने अविश्वास र क्षतिलाई रोक्न मंगलबार सो सम्बन्धी आफ्नो राय सार्वजनिक गरेको छ । 

ब्लुम्वर्कमा प्रकाशित सो सम्बन्धी समाचारमा लेखिएको छ– एमआरएनए विधिबाट विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपका कारण मुटु सम्बन्धी जटिलताहरू देखिए पनि त्यसले राम्रै काम गरिरहेको छ । १२ सय जनामा मयोकार्डीक्टीक नामक मुटु सुन्निने र मुटुका भित्ताहरूमा समेत समस्या आउने गरेको देखिएको छ । तर, २९६ मिलियन खोप जुन ११ सम्ममा मानिसहरूमा लगाइएको हुनाले यो सङ्ख्यालाई नगण्य मान्नु पर्छ । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस