aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारत-बंगलादेश महत्वकांक्षी विद्युत परियोजनाको पहिलो इकाई डिसेम्बरदेखि संचालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
भारत-बंगलादेश महत्वकांक्षी विद्युत परियोजनाको पहिलो इकाई डिसेम्बरदेखि संचालनमा आउने

एजेन्सी । भारत र बंगलादेशले १३ सय २० मेगावाट मैत्री विधुत परियोजनाको‌ काम द्रुत गतिमा संचालन गर्न र यस वर्ष को दिसेम्बर महिनासम्ममा पहिलो इकाइ संचालनमा ल्याउन सहमति जनाएका छन्। मंगलबार भारत र बंगलादेशका ऊर्जा सचिव को बैठकमा आयोजनाको प्रगति बारे समीक्षा गरिएको थियो।

बंगलादेशका ऊर्जा सचिवले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सहयोगको आश्वासन दिएका छन्। साथै गत वर्ष को कोविड‌ महामारी का बावजुद परियोजनाले गरेको प्रगतिको सराहना गरेका छन्।

मैत्री सुपर थर्मल पावर परियोजना बंगलादेशको रामपालमा निर्माणाधीन छ। १३ सय २० मेगावाटको यो विधुत स्टेसन कोइलाबाट चल्दछ। बंगलादेश भारत मैत्री ऊर्जा कम्पनी, भारतीय राज्यद्वारा सञ्चालित राष्ट्रिय थर्मल ऊर्जा भारतको राज्य द्वारा संचालित नेशनल पावर कर्पोरेशन (एनटीपीसी) र बंगलादेश ऊर्जा विकास बोर्ड (बीपीडीबी) ले संयुक्त रुपमा यस परियोजनाको संचालन गर्दै आएको छ।

यो परियोजना वातावरणीय अनुकूल महत्वपूर्ण प्रविधि मा आधारित थर्मल पावर प्लान्ट हो। यही दिसेम्बर महिनामा बंगलादेश को विजय दिवसको स्वर्ण जयन्ती को समारोहसँगै यस परियोजनाको पहिलो इकाइ संचालनमा ल्याइनेछ।

सम्बन्धित प्रसारण प्रणालीको कार्यान्वयन हुना साथ यस परियोजनाको दोस्रो इकाइ पनि संचालन मा ल्याइनेछ। सन् २०२० मार्च महिना देखि सुरु भएको कोविड महामारीको विकराल स्थिति का कारण मैत्री परियोजनाको कार्यान्वयनमा असर परेको थियो।दुबै पक्षले परियोजना समयमै सम्पन्न गर्न यथासक्य प्रयास गरिरहेको छ।

भारतीय जनशक्तिको लागि प्रवेश अनुमति र भिसा अनुमोदन प्रक्रिया, भन्सार सम्बन्धी मुद्दाहरु र एसआरओ १२६ पछि को अग्रिम आयको लागूकरण ९एआईटी०, मैत्री कार्यस्थलमा भारतीय कामदार विरुद्ध मुद्दा तथा कार्यरत कामदार को खोप जस्ता प्रक्रिया मा बंगलादेश सरकारको मद्दत पाए समयमै परियोजना सम्पन्न हुने भनेर भेल र बीआईएफपीसीएलले बंगलादेश पक्षलाई आश्वस्त गरेको छ।

जून १७ तारिख मा बसेको आठौं उच्चस्तरीय अनुगमन समितिको बैठकको केही समयपछि यो बैठक बसिएको थियो। यस बैठकमा डिसेम्बर २०२१ मा पहिलो इकाइ संचालनमा ल्याउन आवश्यक विषयको सम्बोधन गरिएको थियो।

बैठकमा ऊर्जा मन्त्रालय, विदेश मंत्रालय, बंगलादेश स्थित भारतका उच्च आयुक्त, भारी उद्योग विभाग (डीएचआई), केन्द्रीय विद्युत प्राधिकरण (सीईए), एनटीपीसी लिमिटेड, भेल र बीआईएफपीसीएल का वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

दुबै पक्षले ऊर्जा क्षेत्रमा भारत बंगलादेश सहयोगको लागि आगामी जेडब्लुजीरजेएससी बैठकको मितिको बारेमा छलफल गरेका थिए।सेप्टेम्बर २०२१ को तेस्रो हप्तामा जेडब्लुजीरजेएससी बैठक बस्ने निर्णय लिइएको छ। इण्डिया न्युजनेटवर्क

प्रतिक्रिया दिनुहोस