aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दिलीप कुमारले बिर्सन नसकेको त्यो घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
दिलीप कुमारले बिर्सन नसकेको त्यो घटना

काठमाडौँ। युसुफ खान पेसावरका फलफूल व्यापारीका छोरा थिए।  एक दिन बालक युसुफ आफ्नो बाबुको गोदाममा गएका थिए। त्यसै बेला उनको गोदाम अगाडिको सडकमा कबाइली लडाकु र अङ्ग्रेज सेनाहरूको बिचमा लडाई सुरु भयो। युसुफ गोदामको सटर बन्द गरेर त्यसको चेप बाट सो लडाइँको दृश्य हेर्न थाले। 

लडाइँको क्रममा एक जना कबाइली किशोर हातमा बम बोकेर कुद्दै अङ्ग्रेजहरूको बख्तरबन्द गाडी मुनि पस्यो।  र सो बम विस्फोट गर्न साथ अङ्ग्रेजको बख्तरबन्द गाडीमा दनदनी आगो लाग्यो। आफ्नो शरीरमा पनि पुरै आगो सल्केको त्यो किशोर लडाकु पनि गाडी मुनि बाट छटपटाउँदै निस्क्यो।  र सडकमा ढल्यो।

ती किशोरको आँखा फलफूल गोदामको सटरको चेप बाट हेरिरहेका युसुफ सँग जुध्यो। फलफूल गोदाम तिर हेर्दा हेर्दै किशोर लडाकु जलेर मरे।  यो दृश्य युसुफको दिमागमा गडिएर बस्यो। उनले कहिले पनि त्यो किशोर लडाकुको हेराइ लाई बिर्सिन सकेनन्। धेरै वर्ष पछि जब युसुफ खान जब प्रख्यात भारतीय फिल्म अभिनेता दिलीप कुमार बने उनले लन्डनका एक जना नामुद मनोचिकित्सकसँग त्यो घटनाको बारेमा बताए। 

त्यो घटनाको झझल्को फेरी नआओस् भनेर उपचारको लागि सल्लाह मागे। डाक्टरले उनलाई भने - यो रोगको स्थायी उपचार अप्रेसन गरेर दिमागको एउटा नसा काटेर गर्न सकिन्छ।  तर तपाई धेरै नै संवेदनशील कलाकार हुनुहुन्छ।  म तपाईँलाई यो अप्रेसन गर्ने सल्लाह दिन्न। यसले तपाइको अभिनयमा असर पुर्‍याउन सक्छ। बरु तपाइको यो घटना लाई आफ्नै मनले बिर्सिने कोसिस गर्नु होस्। समय क्रम सँगै तपाइले यसलाई बिर्सिनुहुनेछ। 

उनले बुधवार मात्र त्यो घटना बिर्सिए। किनकि ती अभिनेता दिलीप कुमारको निधन बुधवार निधन भयो । 

प्रतिक्रिया दिनुहोस