aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतीय बैंकहरुलाई २ करोडसम्म जरिवना लगाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
भारतीय बैंकहरुलाई २ करोडसम्म जरिवना लगाइयो

एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले १४ बैंकमा ५० लाख देखि १ करोड रुपैयाँ भारुसम्म जरिवाना लगाएको छ । यसमा निजी र सरकारी बैंकहरू परेका छन्। यो जरिवाना नियमहरुको पालना नगरी लगाईएको आरबीआइले जनाएको छ ।

बुधबार रिजर्व बैंकले यस्तो आदेश जारी ग¥यो । यस आदेशका अनुसार देशको सबैभन्दा ठूलो बैंक भारतीय स्टेट बैंक (एसबीआई) लाई ५० लाख रुपैयाँ जरिवाना लगाइएको छ ।  बैंक अफ बडोदालाई २ करोड जरिवाना गरिएको छ । इंडसइन्ड, क्रेडिट सुइस, सेन्ट्रल बैंक अफ इण्डिया, बैंक अफ महाराष्ट्र, भारतीय बैंक, उत्कर्ष लघु वित्त बैंकलाई  एक करोड रुपैयाँ भारु लगाइएको छ ।

अघिल्लो दिन पञ्जाब र सिन्ध बैंकमा २५ लाख रुपैयाँ भारु जरिवाना लगाइएको थियो । रिजर्व बैंकले आफ्ना आदेशका सबै प्रावधानहरूको पालना नगरेका कारण जरिवना लगाएको छ ।  यो प्रावधान गैर बैंकिंग संस्थानहरूलाई लमष्लनण दिनेसँग सम्बन्धित छ । 

वास्तवमा बैंकहरूले केन्द्रीय डाटाबेसमा ठूला ऋणीहरु खाताको विवरण खुलाएको थिएन । साथै, तिनीहरूले ऋण र अग्रिमका नियमहरू अनुसरण नगरेका कारण आरबीआइले कारबाही गरेको हो । रिजर्व बैंकले यो नियम उलंघनको छानबिन गर्दा बैंकले नियमको प्रावधान पालना नगरेको पाइएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस