
काठमाडौँ। जब पहिलो पटक चीनको वुहानमा कोभीडका कारण लकडाउन गरिएको समाचार आयो त्यो बेला सम्पूर्ण विश्वले अनुमान लगायो : भाइरसले चीनको अर्थव्यवस्थालाई सखाप बनाउनेछ। यसरी विश्वव्यापी व्यापार प्रणालीको एक इन्जिन बनेको चीनमा यस्तो हुँदा परिणाम भयानक हुनेछ।
अहिले त्यसयता १९ महिना हुँदा विश्वभरका साढे १८ करोड भन्दा बढी मानिस सङ्क्रमित र ४० लाख भन्दा धेरैको मृत्यु हुँदा चीनमा भने सोचेभन्दा ठिक उल्टो स्थित देखिएको छ। त्यहाँबाट समुद्रको यात्रामा निस्कने जहाजहरू भरिभराउ छन्। यसबिच कोरोना महामारीको प्रकोप सुरु भएको यो देशले आफ्नो आर्थिक स्थिति पहिलेको भन्दा बलियो बनाएको छ।
अहिले चिनियाँ निर्यात प्रकोप सुरु हुनु भन्दा पहिलेको तुलनामा धेरै बढी छ। विश्वव्यापी रूपमा बदलिएको उपभोक्ता व्यवहारमा महामारी-प्रेरित परिवर्तनको लाभ उसैले मात्र लिइरहे जस्तो देखिन्छ। संसारभरका सरकारले जनतालाई राहत स्वरूप बाँडेको वित्तीय सहयोग अन्ततः चीनमा नै गैर थुप्रिने वातावरण बन्यो।
सन् २०२० मा चीनको अर्थतन्त्रको ठुलो विकास भयो। जिडिपी वृद्धि सन् २०१२१ को पहिलो त्रैमासमा पनि जारी नै छ। चिनियाँ लाइनर अपरेटरहरू, शिपयार्डहरू र कन्टेनर-उपकरणको व्यापार एक उच्च स्तरमा पुगेको छ।
संयुक्त राज्य अमेरिका चिनियाँ निर्यातको लागि राम्रो बजार बनिरहेको छ। व्यापार विपरीत दिशामा पनि सुधार भएको छ: चीनले ठुलो मात्रामा अमेरिकी सोयाबीन, कच्चा तेल, प्रोपेन र प्राकृतिक ग्यास किन्दै छ। चीनले खपत गरिरहेको इन्धनको मात्रले पनि स्पष्ट पार्छ कि चीनको अर्थ व्यवस्थालाई कोरोनाले अझ बलियो बनायो।
महामारीले चिनियाँ व्यापारलाई दिएको अवसर
विश्वव्यापी महासागर परिवहनका उपाध्यक्ष नेरजस पोसकसले हालसालै फ्लेक्सपोर्टमा अमेरिकी शिपरलाई भनेका थिए, “सन् २०२० को सुरुमा यदि तपाईँ १०० अर्थशास्त्रीहरूलाई सोध्नु हुन्थ्यो भने उनीहरूले भन्ने थिए कि कोभिडले चीनलाई खत्तम पार्नेछ। ती सबैले सम्भवतः भन्ने थिए चिनियाँ अर्थतन्त्र तल झर्नेछ। तर, अहिले ती सबै गलत भएको भए।"
चीनको भन्सार विभागका अनुसार अचम्म लाग्दो गरी चीनको जनवरी देखि मेमा चीनको निर्यात मूल्य औसत मासिक २४७.५ अर्ब डलर छ। जुन सन् २०१९ को त्यही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो। अहिले ठुलो मात्रामा तयारी वस्तुको निर्यात र कच्चा पदार्थको आयात भइरहेको छ चीनमा।
व्यापारलाई व्यवसायमा रूपान्तरण गर्दै
जब सागरमा यातायातको माग बढ्छ त्यसपछि जहाज निर्माण, कन्टेनर निर्माण र ग्लोबल लाइनर अपरेसनहरूको पनि माग बढ्छ। अमेरिकाको यी बस्तुहरूको निर्माण क्षेत्रमा कुनै उपस्थिति नै छैन। जहाज निर्माण, कन्टेनर निर्माणमा चीन विश्वको एक नम्बर निर्माता हो र ग्लोबल लाइनर अपरेसनमा पनि तेस्रो प्रमुख शक्ति हो।
कन्टेनर-उपकरण निर्माणमा चीनको प्रभुत्व चरम स्तरमा छ। विश्वका सबै सुक्खा कन्टेनरहरूको ९० प्रतिशत र रेफर कन्टेनरहरूको शत प्रतिशत चीनमा निर्माण गरिन्छ। त्यहाँका कारखानाहरूले यस वर्षको पहिलो५ महिनामा २.६६ मिलियन डलरका यस्ता बिस फिट लामा कन्टेनर बिक्री गरे। यसरी चीनले व्यापारलाई नै व्यवसाय बनाएर महत्त्वपूर्ण बस्तुको व्यापारमा एकाधिकार गरेको छ।
प्रतिक्रिया दिनुहोस