aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूउपग्रह स्थापना अध्ययनकै चरणमा नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ असार २०७६
भूउपग्रह स्थापना अध्ययनकै चरणमा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको आफ्नै भूउपग्रह स्थापनाको प्रक्रिया जारी रहेको बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नको शुक्रबार जवाफ दिँदै मन्त्री बाँस्कोटाले नेपालले आफ्नो अधिकारमा पाएको फ्रिक्वेन्सीलाई सदुपयोग गर्ने प्रक्रियामा रहेको बताउनुभएको हो । 

उहाँले सरकार सञ्चार क्षेत्रलाई नियमनको पक्षमा नरहेको र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट गर्दै तर अराजकताको भने विपक्षमा रहेको बताउनुभयो । जवाफका क्रममा मन्त्री बाँस्कोटाले देशभरका ३१८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुगिसकेको र आगामी वर्षसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्ने जानकारी दिनुभयो । 

उहाँले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा लैजाने प्रक्रिया जारी रहेको र लाभकरको विवादका कारण एनसेलले उक्त प्रक्रिया पूरा गर्न नसकेको जानकारी दिनुभयो । इन्टरनेट सेवाको मूल्य बढ्नेभन्दा पनि घट्ने क्रममा छ, टेलिफोनलगायतका अन्य तार व्यवस्थापनका लागि जमिनमुनिबाट लैजाने प्रक्रिया अध्ययनको चरणमा रहेको बताउनुहुँदै उहाँले ताररहित फाइबर टु दि होम सेवालाई उच्च महìवमा राखिएको छ भन्नुभयो । 

फोरजीको सामग्री खरिद प्रक्रियामा अख्तियारले काम अगाडि बढाउन भनेपछि काम अघि बढाइएको उहाँको भनाइ छ । संसदीय समितिदेखि विज्ञसँग समेत परामर्श गरेर फोरजीको खरिद प्रक्रिया अगाडि बढाइएको छ, फोरजीमा अनियमितता भएको भन्ने भनाइ तथ्यहीन रहेको मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो । आगामी कात्तिकभित्र मुख्य सहरहरूमा फोरजी सेवा पुग्ने उहाँको भनाइ छ ।

गोरखापत्र दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस