
एजेन्सी । केयर्न एनर्जीले पेरिसमा भारतको स्वामित्वमा रहेको सम्पत्ति कब्जा गर्न फ्रान्सेली अदालतले आदेश दिएको दावी गरेको छ। यसै सन्दर्भमा भारत सरकारले बिहिबार कुनै फ्रान्सेली अदालतबाट त्यस्तो कुनै प्रकारको सूचना वा आदेश प्राप्त नभएको जानकारी दिएको छ।
ू केयर्न उर्जाले पेरिसमा भारत सरकारको स्वामित्व मा रहेको सम्पत्ति कब्जा गरेको खबर आएको छ। यद्यपि भारत सरकारले यससम्बन्धमा कुनै फ्रान्सेली अदालतबाट कुनै सूचना, आदेश वा संचार प्राप्त गरेको छैन।ु अर्थ मन्त्रालयले बताएको छ।
केयर्नका अनुसार उसले गत वर्ष कर विवाद मुद्दा जितेको थियो। सोही अनुसार केयर्नले १.२ अरब अमेरिकी डलर बराबरको मुहाब्जा स्वरुप भारतीय सम्पत्ति जफत गर्न लागेको हो।
केयर्न ले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ कि फ्रान्सेली अदालतले भारत सरकारको आवासीय घर जग्गा जमिन मा रोक्का गरेको छ। यस आदेशले २ करोड ४० लाख अमेरिकी डलर बराबरको २० वटा सम्पत्तिलाई असर गरेको छ।
यसै सन्दर्भमा अर्थ मन्त्रालयले भनेको छ, 'हामी तथ्यहरू पत्ता लगाउन कोशिस गर्दैछौं, र यदि यस्तो प्रकारको कुनै आदेश प्राप्त हुन्छ भने कानुनी सल्लाहकारसँग परामर्श गरेर भारतको हितको रक्षा गर्न उचित कानुनी उपचार गरिनेछ।'
अर्थ मन्त्रालयका अनुसार मार्च महिनाको २२ तारिखमा नै भारत सरकारले हेग कोर्ट अफ अपीलमा सन् २०२० दिसेम्बर को निर्णय रद्द गर्न आवेदन दायर गरेको छ। भारत सरकारले आफ्नो सम्पत्ति को रक्षा गर्न सरकार जोडतोडले लाग्ने बताएको छ। केयर्न का मुख्य कार्यकारी अधिकारी र प्रतिनिधिहरू यस मुद्दालाई सुल्झाउन भारत सरकारसँग छलफल गर्न प्रयत्न गरिरहेका छन्।
यसै विषयमा बोल्दै अर्थ मन्त्रालयले भनेको छ, 'भारत देशको कानूनी रूपरेखामा नीहित रहेर रचनात्मक छलफल द्वारा यस मुद्दाको समाधान गरिनेछ।' इण्डिया न्युजनेटवर्क
प्रतिक्रिया दिनुहोस