aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतको केरलामा जीका भाइरस सङ्क्रमित भेटियो, व्यापक रूपमा फैलिएको आशङ्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ असार २०७८
भारतको केरलामा जीका भाइरस सङ्क्रमित भेटियो, व्यापक रूपमा फैलिएको आशङ्का

एजेन्सी। भारतको  केरलामा जीका भाइरसको पहिलो केस फेला परेको छ । एडीस लामखुट्टेको टोकाइले फैलिएको जीका भाइरस सङ्क्रमणको केरलामा यो पहिलो घटना हो।

सो राज्यमा जीका भाइरस सकारात्मक भएको भन्ने आशङ्कामा १३  व्यक्तिको नमुना लिइएको छ, जसको आधिकारिक रिपोर्टको लागि उनीहरूलाई राष्ट्रिय विषाणु संस्थान पुणेमा पठाइएको छ।

भारतको स्वास्थ्य विभागको एक विज्ञप्तिमा भनिएको छ, "तिरुवनन्तपुरमको परसालामा बस्ने २४ वर्षीय गर्भवती महिलामा भाइरसको पुष्टि भएको छ। उक्त महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ।"

तिरुवनन्तपुरमबाट पठाइएको १९ नमुनामध्ये १३ वटा  स्वास्थ्यकर्मीको रहेको बताइएको। डाक्टरहरू सहित त्यहाँ धेरै मानिसहरू जीकाबाट सङ्क्रमित हुन सक्ने सम्भावना छ।

दिउँसोको समयमा टोक्ने सङ्क्रमित एडीस लामखुट्टेले यो भाइरस सार्ने गर्छ।  यसमा सबैभन्दा खतरनाक पक्ष यो छ कि गर्भवती महिलालाई यो भाइरसको संक्रमण भयो भने उनको पेटमा रहेको बच्चा समेत सङ्क्रमित हुन्छ। हालसम्म यो भाइरसलाई ठिक पार्ने कुनै एन्टी-भाइरल औषधी फेला परेको छैन।  

प्रतिक्रिया दिनुहोस