aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विश्वकै महगो ट्राफिक जाम, सयौँ पानीजहाज ट्राफिक जाममा पारे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ असार २०७८
विश्वकै महगो ट्राफिक जाम, सयौँ पानीजहाज ट्राफिक जाममा पारे

एजेन्सी । समुन्द्रमा पानी जहाजले बाटो छेक्दा विश्वकै महगो ट्राफिक शुल्क तिर्ने एभरग्रीन नामक पानीजहाज दर्ता भएको छ । इजिप्टले उक्त पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि महगो शुल्क तिरेपछि बल्ल नियन्त्रणबाट छोडेको हो। क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् तर इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार एभरग्रीन नामक उक्त पानीजहाज स्थानीय समय अनुसार बुधवार दिउँसो भूमध्य सागरतर्फ लागेको थियो। उक्त पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको थियो।

सूइज नहरमा ६ दिनअघि अड्किएको पानीजहाज सार्न सफलता १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ।

तर त्यस्तो महत्त्वपूर्ण जलमार्ग ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएपछि सयौँ पानीजहाजहरूलाई ट्राफिक जाममा पारेको थियो। मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनः तैरन सम्भव पारिएपछि नहर खुलेको थियो।

यसक्रममा एकजना मानिसले ज्यान गुमाएका थिए। पानीजहाज त्यसयता सूइज नहर प्रशासन एससीएले एभरग्रीनको जापानी मालिक सोई किसेनसँग क्षतिपूर्ति माग गरिरहेको थियो।

उक्त जाम खुलाउन भएको जटिल काम, नहरको किनारामा त्यसले पुर्‍याएको क्षति र अन्य क्षतिबारे क्षतिपूर्ति मागिएको थियो। सुरुमा एससीएले ९१।६ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको थियो जसमा ३० करोड जाम खुलाउँदाको बोनस र अर्को ३० करोड प्रतिष्ठामा पुगेको क्षतिबापत तिर्नुपर्ने उल्लेख थियो।

तर तेस्रो पक्षको रूपमा रहेको बिमक यूके क्लबले त्यस्तो दाबीहरूलाई अस्वीकार गर्दै त्यस्तो उत्तरदायित्वलाई असाधारण रूपमा ठूलोु र विशाल रूपमा धान्न नसकिनेु बताएको थियो। त्यसपछि एससीएले आफ्नो माग कम गर्दै ५५ करोड डलर पुर्‍याएको थियो। बुधवार हस्ताक्षर गरिएको अन्तिम सम्झौता कतिमा गरियो भन्ने खुलाइएको छैन।

हस्ताक्षर समारोहमा एससीएका वकिल खालिद अबुबअरले नहर प्रशासन सम्झौताको सर्त गोप्य राख्ने प्रतिबद्धता जनाए। सो कार्यक्रममा प्रसारण गरिएको एउटा पहिल्यै रेकर्ड गरिएको सन्देशमा सोई किसेनको सहायक कम्पनी ईमाबरी सीपबिल्डिङका युकितो हिगाकीले आफ्नो कम्पनी एससीएको एउटा नियमित र प्रतिबद्ध सेवाग्राहीु रहिरहने बताए। भारतीय चालक दलले चलाएको उक्त पानीजहाजमा अझै १८,३०० कन्टेनरहरू छन्।

द नेदरल्याण्ड्सको रोटरडामतर्फ जानुअघि तिनको इजिप्टकै पोर्ट सेडमा जाँच पास हुनेछ। त्यसपछि उक्त जहाज यूकेको पोर्ट अफ फिलिक्स्टोमा पुगेर सामानहरू ओराल्ने द वाल स्ट्रीट पत्रिकाले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस