
केही समय अघि कोरोना खोप लगाएका मानिसहरूको शरीर चुम्बक बनेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिए । त्यसको सत्यता के हो भनेर अहिले लग्जम्बरमा एउटा अध्ययन भएको छ ।
समाचारमा जनाइए अनुसार यसबारेको अनुसन्धान दुई सय जना मानिसहरूमा लक्षित गरिएको थियो । जसको उद्देश्य के वास्तवमै खोप लगाएपछि शरीरमा इलेक्ट्रोम्यागनेटिक इफेक्ट देखिएको हो त भनेर खोजी गर्नु हो । यदि खोप लगाइएका मानिसहरूमा यस्तो भेटियो भने अरू खोप नलगाइएको मानिसहरूमा त्यसको प्रभाव कति छ भन्ने पनि हेर्ने यसको उद्देश्य थियो ।
त्यहाँको जनसङ्ख्या तथा सामाजिक मामिला सम्बन्धी संस्थाका कोषाध्यक्ष अमार गौडगिलको नेतृत्वमा यो अध्ययन भएको छ । सो अध्ययनमा पुरुष र महिला दुबैलाई सहभागी गराउने भने खोप लगाएका एक सय र नलगाएका एक सय मानिसहरूको बिच तुलना गर्ने योजना भए पनि जम्मा ३० जनामा नै अध्ययन सीमित गर्नु पर्यो ।
सो अध्ययनको रिपोर्टमा लेखिएको छ, १५ जना खोप लगाएका र १५ जना नलगाएमा मानिसहरूबिचमा अध्ययन गरिसक्दा नै थप अगाडी बढ्ने अवस्था रहेन् । जब खोप लगाएका मानिसहरूले आफ्नो शरीरमा वास्तवमै चुम्बकीय शक्ति बढेको थाहा पाए पछि उनीहरूले गरेको व्यवहारबाट अनुसन्धानकर्ताहरुनै डराए ।
सो सम्बन्धी रिपोर्टमा लेखिएको छ, खोप लगाएका मानिसहरूले आफ्नो शरीरमा चुम्बकीय शक्ति बढेको थाहा पाउँदा उनीहरू धेरै निराश र स्तब्ध बने । कतिपय मानिसहरू यति तनावमा देखिए की उनीहरूको हत्केलामा चिटचिट पसिना आउन थाल्यो । एउटी महिलाले त रुँदै आफूलाई खोप लगाउन बाध्य पार्ने रोजगारदाता कम्पनीको मालिकलाई गाली समेत गरिन् ।
यसरी खोप लगाएमा मानिसहरूले त्यसको प्रभावबारे थाहा पाउँदा गर्ने व्यवहार र प्रतिक्रियाका कारण पूर्व निर्धारित लक्ष्य अनुसार अनुसन्धान अघि बढ्न सकेन । र, थोरै मानिसहरूमा गरिएको अध्ययनले नै वास्तवमै यस प्रकारको खोपले मानिसको शरीरमा चुम्बकीय क्षमता बढाएको भने देखियो ।
प्रतिक्रिया दिनुहोस