aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यसरी तुहियो फाईजरको तेस्रो डोज बेच्ने योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ असार २०७८
यसरी तुहियो फाईजरको तेस्रो डोज बेच्ने योजना

काठमाडौँ। फाई जर र यसको पार्टनर बायोटेकले “बूस्टर” डोजको नाममा खोपको तेस्रो डोज बेच्न गरेको तयारी असफल भएको छ। उनीहरूले मार्केटिङका लागि अमेरिकाको सङ्घीय रोग नियन्त्रण तथा रोकथाम प्राधिकरणबाट अनुमति लिन गरेको प्रयासको केही घण्टा पछि नै त्यस्तो आवश्यक नभएको जवाफ त्यो निकायले दिएको छ। 

उनीहरूले डेल्टा जस्ता भेरीएन्टहरुबाट नागरिकलाई जोगाउन तेस्रो डोज आवश्यक पर्ने अनुसन्धानले देखेको भन्दै त्यसको लागि अनुमति माग्ने जानकारी सार्वजनिक गरेका थिए। अमेरिकाको खाद्य तथा औषधी प्राधिकरणले (एफडीए) र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले फाइजरको घोषणालाई खारेज गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्। 

त्यसमा बुस्टर खोप आवश्यक हुनेछ भन्ने प्रमाण हालसम्म नभएको स्पष्ट पारिएको छ। यी दुई सङ्घीय संस्थाहरूले भनेका छन् कि "अमेरिका एकदम प्रभावकारी खोप लगाउने सौभाग्यशाली मुलुक हो। जसले १२ वर्ष र माथिका लागि व्यापक रूपमा खोप उपलब्ध गराएको छ। र, पूर्ण खोप लिइसकेका अमेरिकीहरूलाई यस समयमा बूस्टर खोप चाहिँदैन।"

अमेरिकामा डा. फौसीले अमेरिकाले विकसित गरेका खोपहरू अत्यन्त प्रभावकारी छ भनिरहेका बेला  इजरायली वैज्ञानिकहरू भन्दैछन् कि फाइजरको खोप डेल्टा भेरीएन्टको विरुद्ध केवल ६४ प्रतिशत मात्र  प्रभावकारी हुन सक्छ। यी सरकारी एजेन्सीहरूले बिग फार्मासँग सम्बन्ध बिग्रन्छ कि भनेर यति डराएका छन् कि उनीहरूले तेस्रो डोजको सम्भावना पुरै नकारेका छैनन्। 

त्यसैले त्यो अझै परिवर्तन हुन सक्दछ किनकि त्यहाँ भनिएको छ, "एफडीए, सीडीसी र एनआईएच एक विज्ञान आधारित छ। त्यसैले जब विज्ञानले उनीहरूलाई आवश्यक छ भनेर देखायो भने हामी बुस्टर डोजका लागि तयार छौँ ।"

डा. फौसी र उनीहरूका 'विज्ञहरू' मुख्यतया खोपको प्रतिष्ठा जोगाउन चिन्तित छन्। यदि अमेरिकीहरूले केही महिनामा फेरी अर्को बूस्टर सट चाहिन्छ भन्ने थाहा पाए भने यसले उनीहरू आज खोप लगाउन निरुत्साहित हुन सक्छन् भनेर पनि यस्तो सूचना निकालिएको हुनसक्छ। 

यसरी एउटा प्रयास असफल भएपछि फाई जर र बायोटेकले बिहीबार साँझ भनेका छन् कि उनीहरूले कोभिड १९ भ्याक्सिनको नयाँ संस्करण विकास गर्न सुरु गर्नेछन्।  जुन डेल्टा भेरियन्टलाई लक्षित गरेर विकास गरिनेछ। र, उनीहरूले अर्को महिना त्यो खोपको क्लिनिकल परीक्षण सुरु गर्ने आशा गरेका छन्।

प्रतिक्रिया दिनुहोस