
एजेन्सी । टाटा समूहका कम्पनिहरू उनीहरूका लगानीकर्ताहरूलाई जहिले पनि उत्तम लाभांश दिने कम्पनीमा चिनिन्छन् । टाटाको एक कम्पनीले शेयरधनीलाई एक वर्षमा ११०० प्रतिशतको लाभांश दिएको छ ।
टाटा टेलिसर्भिसिस (महाराष्ट्र) लिमिटेडको शेयर एक वर्ष अघि बीएसईमा ३.८२ रुपैयाँमा बन्द भएको थियो । शुक्रबार, बम्बइ स्टक एक्स्चेञ्ज(बीएसई)मा ४६.९५ रुपैयाँमा पुगेको छ । यस तरिकाले, यसको यसको मूल्यमा १,१२९ प्रतिशतको रिटर्न पाएका छन ।
टाटाको यस मिड–क्याप कम्पनीको शेयरमा १ लाख रुपैयाँ लगानी गर्ने जो कोहीले आज ११.२९ लाख पाउनेछ । यदि टाटा टेलिसर्भिसिस (महाराष्ट्र) स्टकको प्रदर्शनलाई सम्पूर्ण सेन्सेक्ससँग तुलना गरिएको छ भने सेन्सेक्सले यस अवधिमा ४२.५८ प्रतशतले बृद्धि गरेको छ । जबकि कम्पनीको स्टक सेन्सेक्सको १.०८६ प्रतिशतले वृद्धि भएको छ ।
टाटा टेलिसर्भिसिस (महाराष्ट्र) को शेयर राम्रो भए पनि जनवरी २०२१ शुरुवातमा ४८९ प्रतिशतको वृद्धि हासिल गरेको थियो । कम्पनीको शेयर एक महिनामा ११३ प्रतिशतले वृद्धि भएको छ । टाटा टेलिसर्भिसिस (महाराष्ट्र) को शेयर राम्रो भए पनि जनवरी मार्चको क्वाटरमा कम्पनीको घाटा २८८.२९ करोड रहेको छ । यद्यपि त्रैमासिक आधारमा यसको घाटा लगातार घट्दै छ। किनकि गत वर्ष अप्रिल–जून क्वार्टरमा कम्पनीको घाटा १,०६९ करोड रहेको थियो ।
टाटा टेलिसर्भिसिस (महाराष्ट्र) मा कम्पनीका प्रवर्तकहरुको ७४.३६ प्रतिशत शेयर छ। जबकि साना शेयरधारकहरूको २५.६४ प्रतिशत शेयर छ । यदि हामीले टाटा टेलिसर्भिसिस (महाराष्ट्र) को शेयरलाई अन्य टेलिकम कम्पनीहरूसँग तुलना भारती एयरटेलको ६.५६ प्रतिशत र भोडाफोन आईडियाको शेयर ५.२३ प्रतिशतले घटेको छ । जबकि रिलायन्स कम्युनिकेसनको शेयर ४२.४१ प्रतिशत र एमटीएनएलको शेयर ९०.१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस