aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

खोप लगाएका मानिसभन्दा संक्रमणबाट निको भएका मानिस सुरक्षितः अध्ययन रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
खोप लगाएका मानिसभन्दा संक्रमणबाट निको भएका मानिस सुरक्षितः अध्ययन रिपोर्ट

एजेन्सी । कोरोनाबाट संक्रमित भएर निको हुनेहरूमा खोप लगाएकाको भन्दा बलियो प्रतिरोधी क्षमता विकास भएको एक अध्ययनले देखाएको छ । हालै प्रकाशित सो अध्ययनमा कोरोनाबाट निको भएका मानिसहरूको शरीरमा रहेको एन्टिबडी खोप लगाएर विकास गरिएको भन्दा बलियो भएको जनाइएको छ । 

अमेरिकाको सानडिमासमा गरिएको सो अध्ययनमा एउटा कम्पनीमा कार्यरत कोरोनाबाट संक्रमित दुई सय ५४ जना कर्मचारीहरू र पुराडोज खोप लगाएका ७३९ जना कर्मचारीहरूमा यस्तो अध्ययन गरिएको जनाइएको छ । जसमा खोप लगाएका मध्ये चार जनालाई त्यसपछि कोरोना सङ्क्रमण भयो भने पहिले नै संक्रमित भइसकेका कसैलाई पनि पुनः सङ्क्रमण भएन । 

सो अध्ययनको नेतृत्व गरेका साउथ क्यालिफोर्निया विश्वविद्यालयका डाक्टर जेफ्री क्लाउसनरले भनेका छन्–यदि तपाईँले खोप लगाउने भएको छैन र पहिले कोरोना पनि लागेको छैन भने कोरोनाबाट संक्रमित हुने उच्च जोखिममा हुनुहुन्छ । त्यसैगरि, यदि तपाइ खोप लगाउनु भएको छ र पहिले संक्रमित हुनु भएको छ भने कोरोनाको जोखिम धेरै नै कम छ । 

लस एन्जल विश्वविद्यालयका प्रोफेसर डा. नोवा कोजिमासंग सहकार्य गर्दै गरेको सो अध्ययन प्रतिवेदनको प्रारम्भिक रिपोर्ट यसै हप्ता सार्वजनिक गरिएको हो । 

अनुसन्धानकर्ताहरुले ४ हजार ३१३ जना कामदारहरूमा गरेको अध्ययनमा के देखियो भने उनीहरू पहिले संक्रमित भएका थिएनन् । र, खोप समेत लगाएका थिएनन् । जसमध्ये २५४ जना पछि संक्रमित भए । यसले के पुष्टि गर्‍यो भने एक पटक संक्रमित भइसकेका मानिसहरूको पुनः सङ्क्रमण हुने सम्भावना अत्यन्तै कम छ । जबकि, खोप लगाएका मानिसहरू तिनीहरूभन्दा बढी जोखिममा हुन्छन् । यसअघि बेलायतमा गरिएको अध्ययन र क्लेबलेन्ड क्लिनिकले गरेको अनुसन्धानले पनि यस्तै नतिजा दिएको थियो । 

यो नतिजापश्चात् अनुसन्धानकर्ताले भनेका छन्– अब नितिगतरुपमा नै पनि परिवर्तन गर्न जरुरी छ । किनभने पूर्ण खोप लगाएका मानिस र एक पटक संक्रमित भइसकेका मानिसलाई उही रूपमा व्यवहार गर्नु उपयुक्त हुन्छ । 

विश्वव्यापीकरण खोपकार्डलाइ नै कुनै पनि देश प्रवेश गर्न या स्वतन्त्रपुरमा हिँडडुल गर्ने लाइसेन्सका रूपमा विकास गरिँदै गर्दा वैज्ञानिकहरूले यस्तो महत्त्वपूर्ण नीतिगत परिवर्तनको सिफारिस गरेका हुन् । 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि कोरोनाबाट संक्रमित भइसकेका मानिसमा प्राकृतिकरुपमा नै प्रतिरोधी क्षमता विकास हुने कुरालाई स्विकार गरेको छ । तर, उनीहरूले तिनीहरूलाई खोप लगाएका मानिसहरूको झैँ महत्त्व दिएर नीतिगत परिवर्तन गर्न भने चाहिरहेका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस