
काडमाडौं । चालू आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य अनुसार उठ्ने भएको छ । चालू आर्थिक वर्ष सकिन ४ दिन बाँकी लक्ष्यमा पुग्न १३ प्रतिशतमात्र बाँकी रहेको छ । सरकारले १२ औं महिनाको अन्तिम ४ दिन बाँकीसम्ममा १० खर्ब ११ अर्व ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८१ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
चालु आव चार दिनभित्र १ खर्ब २९ अर्व ९७ करोड १ लाख रुपैयाँ राजस्व संकलनगर्न सरकारले तिव्र रुपमा गतिलिइरहेको महालेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी कृष्ण पुडासैनीले बताए । उनले भने, “अहिले राजस्व संकलनको कामएकदमै तिव्र रुपमाभइरहेको छ । केही निकायहरुले लक्ष्य भेट्न सक्छन् ।”
कर राजस्व तर्फबाट ८९.१५ प्रतिशत राजस्व संकलन गरेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्वको लक्ष्य रहेकोमा हालसम्म ८ खर्ब १८ अर्व ५१ करोड ६२ लाख रुपैयाँ उठाइसकेको छ ।
त्यस्तै, भन्सार विभागले ४ सय ४०अर्व २६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेमा हालसम्म ४ सय ३४ अर्व २० करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार अझै काम गर्ने अझै पाचँ दिन बाँकि छ, सो दिनहरुमा ६ अर्बको हाराहारीमा रहेको राजस्व संकलन गर्न सकिन्छ उनले भने । त्यसको लागि राजस्व संकलनको काम भइरहेको उनले जानकारी दिए ।
आन्तरिक राजस्व विभागले ४ सय ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । हालसम्म त्यसको ८६ प्रतिशत राजस्व संकलनगरिसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्यले जानकारी दिए । उनले भने, “तोकिएको लक्ष्यअसार मसान्तसम्म पुग्ने छ , त्यो भन्दा बढी भने उठ्ने सम्भावना कम छ ।”
महालेखा नियन्त्रण कार्यालयको तथ्याकं हेर्दा गैर कर राजस्व संकलन ६४.०३ प्रतिशत मात्रभएको छ । जसमा ९८ अर्व ८० करोड ९४ लाख रुपैयाँ लक्ष्य लिएकोमा ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको तथ्याकंले देखाएको छ । त्यस्तै अनुदान तर्फ भने १६.६५ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । जसमा ६० अर्व ५२ करोड ७७ लाख रुपैयाँ लक्ष्यमा १० अर्व ७ करोड ५४ लाख रुपैयाँमात्र अनुदानतर्फ राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आव असार मसान्त सकिन लाग्दासम्म ७६.१५ प्रतिशतमात्र खर्च गरेको छ । जसमा सरकारले १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाख रुपैयाँखर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म ११ खर्ब २२ अर्व ९४ करोड ३८ लाख रुपैयाँमात्र खर्च गरेको छ ।
प्रतिक्रिया दिनुहोस