
इटालियन कम्पनि सीएमसीसंग सम्झौता गरी मेलम्ची खानेपानी आयोजनाको लागि काम गरेका आपूर्तिकर्ता र मजदुरको १ अर्व ६७ करोड ७ हजार १९ रुपयाँ भुक्तानिहुन बाँकी रहेको प्रतिवेदन छानबिन कार्यदलले दिएको छ।
मेलम्ची खानेपानी सिएमसी भुक्तानी अबरोध अध्यान तथा सहजीकरण कार्यदलले गरेको अध्यानबात उक्त रकम भुक्तानी हुन बाँकी रहेको देखिएको हो ।
प्रतिवेदनमा ८८ सामान आपूर्तिकर्ता र ८२५ मजदुरको भुक्तानी बाँकी रहेको उल्लेख छ। पींडित मजदुरहरुले कार्यदल समक्ष सिएमसीसंग भएको सम्झौता अनुसार संचित बिदा, उपदान, संचयकोष र नोटिस पे बापतको रकमका साथै बाँकी महिनाको तलब उपलब्ध गराइदिन माग गरेको समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस