काठमाडौं । नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरु माझप्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ्प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनयगर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ । छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरुद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो ।
हाल २५००० भन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् । यिनै विश्वभरका विद्यार्थी अनिशिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउनमाई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरु माझ सार्वजनिक गरेको छ ।
अडिसन मार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई–लर्निङ् भिडियोहरुमा अभिनयगर्ने छन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रम अनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमा अभिनयगर्ने छन् जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।
हालमाई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत IGCSE तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १० को अंग्रेजी (English), विज्ञान (Science), अनिवार्य गणित (C Math) र अर्थशास्त्र(Economics)का ई–लर्निङ्भिडियोहरु रहेका छन्।
नेशनलतथा ईन्टरनेशनलई–लर्निङ् भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५–४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८–२५ वर्षको बीचमा हुनुपर्ने छ । नेपाली पाठ्यक्रममाअभिनयगर्ने कलाकारको नेपाली र अंग्रेजीभाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ ।
क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनयगर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपने कम्पनीले जनाएको छ । इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म तल दिइएको लिंकमा गएर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस