
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र स्थानीय निर्माण व्यवसायीहरुबीच टेन्डर प्रक्रिया र कमिसनको विषयमा जुहारी चलेको छ ।
निर्माण व्यवसायीहरुले मन्त्रीमाथि विसका बजेटमा ब्रह्मलुट गराएको आरोप लगाए भने मन्त्री सोनलले ठेकेदारहरुले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन नगरेको टिप्पणि गरे ।
'तपाई ( मन्त्रि सोनल) आफैले १०/२० प्रतिशत कमिशन लिएर योजना पास गरेपछि भ्रष्ट्राचार नभएर के हुन्छ ?' स्थानीय व्यवसायी रमेश यादबले भने , 'अर्बौं रुपयांको बजेटलाई टुक्रे योजना बनाएर कोटेसनमा काम दिन कुन कानुनको प्रयोग गर्नु भो ?' यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस