
काठमाडौं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे ।
अमेरिकी राजदूत (याण्डी बेरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस