
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि राजनीतिक रुपमा अर्को तरङ शुरु भएको छ । नेकपा माओवादीका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको भनाई आफ्नो फेसबुकको वालमा लेखेका छन् । त्यस्तै नेकपा एमालेका नेता माधव नेपालले मृत्युशैयामा पुगेको संसद व्यूतेको बताएका छन् ।
राप्रपाका नेता कमल थापाले सर्वोच्चका फैसल्लाले गोरु व्याएको प्रक्रिया दिएका छन् । नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको बताएका छन् । देशले ओलीतन्त्र बेहोर्नु नपर्ने भएको माओवादी नेता वर्षमान पुनले बताए । सर्वोच्चको फैसलापछि उनले लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् ।
नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध संवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’, उनले सामाजिक सञ्जालमार्फतबाट आवहान गरका छन । निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन भनेर व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको समेत आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस