aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

'भारत सामु झुकेको हो ?' सोध्दा ओली आक्रोशित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
'भारत सामु झुकेको हो ?' सोध्दा ओली आक्रोशित

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । 

पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस