
काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।
संसदमा प्रतिनित्व गर्ने एक सय ४६ जनाको हस्ताक्षर सहित सर्वोच्चमा रिट दायर गर्ने कांग्रेस सांसद् शेरबहादुर देउवालाई एमालेका २६ र जसपाका १२ सांसद्ले समेत हस्ताक्षर सहित समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस