
एजेन्सी। कोरोना भाइरसका नयाँ संस्करणहरू विश्वभरि फैलिरहेका छन्। जसले गर्दा यसलाई नियन्त्रण गर्न खटिएका वैज्ञानिकहरू चिन्तित छन्। त्यो चिन्ता पछिल्लो एक घटनाले अझ बढेको छ। त्यो हो, बेल्जियममा एउटी महिलामा एकै साथ भेटिएको दुई विभिन्न प्रकारका भेरिएन्ट।
यस्तो जटिल सङ्क्रमण भेटिएको महिलाको पाँचौँ दिनमा मृत्यु भएको छ। र, यो घटनाको खुलासा भएपछि अनुसन्धानकर्ताहरूको चिन्ता बढेको छ। अन्वेषकहरूले भनेका छन् कि त्यस्ता घटनाहरूले कोरोना विरुद्धको लडाइँमा कठिनाइ बढाउन सक्छ।
ब्लूमबर्गको रिपोर्ट अनुसार, एक ९० वर्षीय महिलामा एकै समयमा अल्फा र बिटा भेरियन्टहरूमा सङ्क्रमित फेला परेको हो। ती महिलाले खोप लगाएकी थिइनन् । उनी घरमा नै बसेर आफ्नो स्वास्थ्यको ख्याल राख्दै थिइन्।
महिलाको कोरोना परीक्षण अस्पतालमा गरिएको थियो। जसमा उनको रिपोर्ट सकारात्मक आएको थियो। सुरुमा उनको अक्सिजन स्तर राम्रो थियो तर स्वास्थ्य द्रुत गतिमा बिग्रियो र पाँचौँ दिनमा उक्त महिलाको मृत्यु भयो। यो घटनाले भेरिएन्टहरू विरुद्ध सुरक्षा दिन खोप प्राप्त गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर स्पष्ट पारेको छ ।
जब अस्पतालको मेडिकल स्टाफले कोरोनाको कुन प्रकारबाट ती महिला सङ्क्रमित थिइन् भन्ने पत्ता लगाउन कोसिस गरिन्। तब कोरोनाको अल्फा र बिटा भेरियन्टहरू दुवै उनको शरीरमा भेटियो। बिटा भेरियन्ट पहिलो पटक बेलायतमा र अल्फा पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेका थिए। अन्वेषकहरूले यस किसिमको भेरिएन्टलाई गम्भीरताका साथ लिन सल्लाह दिएका छन्।
ओएलभी अस्पतालका आणविक जीवविज्ञानविद् र यस विषयमा अनुसन्धानकर्ता अन्नी भेन्कीबर्गेनले भने: "त्यस बेला यी दुवै भेरियन्टहरू बेल्जियममा घुम्दै आएका थिए। यो सम्भव छ कि महिलाले दुई भिन्न व्यक्तिबाट यी दुई भिन्नता सहितका भाइरस ग्रहण गरिन् । यद्यपि उनी कसरी सङ्क्रमित भइन भन्ने बारे अझै जानकारी हुन सकेको छैन।
भेन्किर्बर्गेनले भने कि अहिले यो कुरा बताउन पनि गाह्रो छ कि ती महिलाको स्वास्थ्य दुईवटा भेरिएन्टमा सङ्क्रमित भएको कारण बिग्रिएको हो वा अरू कोही कारण त्यसको पछाडि छन्। यसबारेको अध्ययन हालसम्म कुनै मेडिकल साइन्स सम्बन्धी पत्रिकामा प्रकाशित भएको छैन। यो अब क्लिनिकल माइक्रोबायोलोजी र सङ्क्रामक रोगको युरोपीय काँग्रेसको चासोको विषय भएको छ।
यस वर्षको जनवरीमा ब्राजिलका वैज्ञानिकहरूले यो पनि बताएका थिए कि देशका दुई जना व्यक्ति एकै समयमा दुईवटा फरक प्रकारका कोरोनाबाट सङ्क्रमित भएका थिए। यद्यपि यस घटनाको पनि कुनै अध्ययन प्रकाशित गरिएको थिएन। एक प्रेस विज्ञप्तिमा, भेन्किर्बर्गेनले भने, "एकसाथ दुई भेरियन्टमा सङ्क्रमित भएको यसभन्दा अघि कुनै पनि घटना आधिकारिक रूपमा प्रकाशित भएको छैन। सायद त्यस्ता मामिलाहरूलाई बेवास्ता गरिएको छ।"
भेन्किरबर्गनले भने कि चिन्ता यस्तो परीक्षण सीमित भएको कारण बढेको छ। परीक्षणलाई बढाउनु आवश्यक छ। त्यसबाट भेरियन्ट्सको म्युटेसनलाई चिन्न सकिन्छ। यो जीनोम अनुक्रम मार्फत सजिलैसँग चिन्न सकिन्छ।
उक्त अनुसन्धानप्रति प्रतिक्रिया दिँदै प्रख्यात भाइरोलजिस्ट लरेन्स यसले भने कि कुनै व्यक्तिमा एक भन्दा बढी भेरिएन्टहरू भेट्नु आश्चर्यजनक कुरा होइन।
प्रोफेसर लरेन्सले भने, "विभिन्न किसिमका भाइरसहरूले बिरामीहरूलाई कत्ति बढी असर गरिरहेको छ भनेर जान्न थप अध्ययनहरू गर्नु आवश्यक छ। यसको साथसाथै खोप लिनेहरूमा एकभन्दा बढी भिन्न खालका असरहरू के हुन्छ भनेर जान्नु आवश्यक छ।"
प्रतिक्रिया दिनुहोस