aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

देउवालाई आजै प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
देउवालाई आजै प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराउने तयारी

काठमाडौं । राष्ट्रपति कार्यालयले आजै काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले मङ्गलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको हो । 

सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो । मंगलबार ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस