
काठमाडौं, फागुन १६ । म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरेका हुन् ।
सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् ।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नुका साथै भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन् । सम्बोधनको क्रममा उनले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस