
काठमाडौं । विभिन्न देशका नागरिकलाई पर्यटकका रुपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चार महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् ।
बैंककबाट नेपाल आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । गोप्य अंगमा लुकाएर उनीहरुले सुन तस्करीको प्रयास गरेका थिए । पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले चेकिङका क्रममा दुवौलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् । उनीहरुबाट सुनका गहना तथा साना टुक्राहरु बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए । नयाँ पत्रिका दैनकिबाट
प्रतिक्रिया दिनुहोस