aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

इराकको कोभिड अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
इराकको कोभिड अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

एजेन्सी। इराकमा कोरोना भाइरस सङ्क्रमित वार्डका रूपमा सञ्चालित एक अस्पतालमा आगलागी हुँदा ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यद्यपि, इराकको सहर नासिरियाहको दक्षिणी भागमा पर्ने अल-हुसेन अस्पतालमा सोमबार आगलागी भएको हो।

हाल, आगोको कारण स्पष्ट छैन तर प्रारम्भिक अनुसन्धानमा अक्सिजन ट्याङ्कमा विस्फोट पछि आगो फैलिएको देखिएको छ। इराकी प्रधानमन्त्री मुस्तफा अल-कधिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्ने आदेश दिएका छन्।

बिबिसीका अनुसार सो अस्पतालको बाहिर बिरामीका आफन्तहरूले प्रदर्शन गरिरहेका छन् ।

रोयटर्स समाचार एजेन्सीले पनि प्रहरीसँग बिरामीका आफन्तले झगडा गरेको खबर दिएको छ। एजेन्सीका अनुसार प्रदर्शनकारीहरूले दुई वटा पुलिस गाडीहरू जलाइदिए।

चिकित्सा अधिकारीहरूले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई भनेका छन् कि सो नयाँ वार्ड ७० शैयाको थियो।  जुन तीन महिना अघि मात्र निर्माण गरिएको थियो।

एक स्थानीय स्वास्थ्य अधिकारीले भनेका छन्  कि आगलागीको समयमा वडामा कम्तीमा ६३ जना मानिस थिए।

प्रतिक्रिया दिनुहोस