
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडालले राजीनामा पत्र बुजाएका हुन् ।
सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहाकार हुन् । सोही हैसियतमा बडालले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षमा बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस