aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सरकारबाट त म पाँच वर्ष अघिको मध्य बर्खामै बाहिरिएको थिएः केपी ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
सरकारबाट त म पाँच वर्ष अघिको मध्य बर्खामै बाहिरिएको थिएः केपी ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट त म पाँच वर्ष अघिको मध्य बर्खामै बाहिरिएको बताएका छन् । मंगलबार ओलीले देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले भने, ‘मलाई सरकारबाट बाहिरेकोमा कुनै पछुतो छैन । आजभन्दा पाँच वर्ष अघिको मध्य बर्खामै म सरकारबाट बाहिरेको थिए ।’ साथै ओलीले सरकारबाट आफू बाहिरिदा आफूलाई रतिभर पछुतो नभएको पनि बताए । परमादेशलाई आफूलाई स्वीकार गर्ने बताउँदै उनले फैसलाका प्रावधान र भाषाले लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्नेहलाई चिन्तित बनाएको बताए ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् ।  

प्रतिक्रिया दिनुहोस