aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अर्थमन्त्रीमा चौधरीदेखि मिनेन्द्र रिजालसम्मको चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
अर्थमन्त्रीमा चौधरीदेखि मिनेन्द्र रिजालसम्मको चर्चा

काठमाडौं । समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका विनोद चौधरीको नाम समेत मन्त्रीपरिषदको सदस्य बन्ने चर्चा शुरु भएको छ । केहि वर्षअघिसम्म नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा सदस्य बन्दै आएका चौधरीले गएको आम निर्वाचनपछि भने नेपाली काँग्रेसलाई समर्थन गरेका कारण समानुपातिक सभाषद पद पाएका थिए । 

सीजी कर्प ग्लोबलका अध्यक्षसमेत रहेका चौधरीले नेपालबाट डलर अर्बपतिको सूचीमा समेत सूचिकृत छन । नेपाली काग्रेसका अधिकांश नेतासँग राम्रो सम्बन्ध भएका कारण र भारतसँगको सम्बन्ध सुधारका लागि भएपनि चौधरीलाई परराष्ट्र मन्त्रालय वा अर्थमन्त्रालय दिनका लागि नेपाली काग्रेसका नेताहरु नै लभिङमा लागेको बुझीएको छ । २०७६ जेठ ७ गते नेपाली काग्रेसले गठन गरेको छाया सरकारको अर्थमन्त्रीमा मिनेन्द्र रिजाल र अर्थसहायक मन्त्रीमा विनोद चौधरी बनेका थिए ।

त्यस्तै नेकपा माओावीबाट यसभन्दा पहिला पनि अर्थमन्त्री बनिसकेको वर्षमान पुन, नेपाली काग्रेसका नेता तथा अर्थमन्त्री बनिसकेका ज्ञानेन्द्रबहादुर कार्की, मिनिन्द्र रिजाल र डा.प्रकाशशरण महतको नाम अर्थमन्त्रीका लागि चर्चामा रहेका छन् ।  नेकपा माओबादीबाट उर्जामन्त्री बनेर चर्चा कमाएका जनार्दन शर्माको पनि अर्थमन्त्रीमा चर्चा चलेको छ । 

प्रतिक्रिया दिनुहोस