aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१३ देखि १९ बर्षका किशोर किशोरीहरुलाई राष्ट्रिय सम्मान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० असार २०७८
१३ देखि १९ बर्षका किशोर किशोरीहरुलाई राष्ट्रिय सम्मान

काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, सातौं संस्करणको आवेदन खुलेको छ । नेपाल भरिमा किशोरकिशोरिहरुले आफ्नो समाज रुपान्तरनको  कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन ।

अहिले आवेदन खुल्ला भएको र यसै अनुरुप आयोजक नेपाल भरिमा बिभिन्न स्कुलहरुमा अन्लाईन मार्फत अभिमुखिकरनसन्चालन गरिरहेका छन। नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेको छ ।  ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको उर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन् । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्ने जनाएको छ ।  

जेन २०२१ नामक ग्लोकल टीन हिरोलेएक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ । जसमार्फतकिशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउने छन । सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउने छन् ।  उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्नेछन । 

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।

 समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले धधध।लभउब।िनयिअबतिभभलजभचय।अयmमार्फत निशुल्क आबेदन भर्न सक्ने छन । 


 

प्रतिक्रिया दिनुहोस