
काठमाडौं । वालुवाटारको ललिता निवास जग्गा प्रकरणका दोषीमध्ये एक नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार छुटेका छन् । गच्छदारलाई विशेष अदालतले धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका हुन।
‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७(घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादी सँग रु १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग राखेर छोडेको विशेष अदालतले जनाएको छ ।
लामो समयसम्म अदालतमा हाजिर नभएर फरार रहेका गच्छदार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा रिहा गर्ने आदेश दिएका हुन।
गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री भएको बेलामा बालुवाटरको जग्गा व्यक्तिको नाममा नामसारी गरि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।स्वीकृत गरेका थिए ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस