aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि हुने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, ०१ साउन २०७८
संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि सुरु हुनेगरी आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन डाकेकी हुन्। अधिवेशन दिनको ४ बजे सुरु हुनेछ।  

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–३–३१ को सिफारिसमा संवत् २०७८ साउन ३ गते आइतबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गते बस्नेगरी आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।  असार ७ गते मध्यरातमा तत्कालीन मन्त्रिपरिषद् ९केपी ओली नेतृत्वको सरकार० को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतले गत सोमबार ९असार २८ गते० प्रतिनिधिसभा पुनस्र्थापना गर्दै साउन ३ गतेभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो। तत्कालीन सरकारले गत सोमबार हतारहतारमा अन्त्य गरेको राष्ट्रियसभाको अधिवेशन पनि साउन ३ गते बस्नेगरी राष्ट्रपतिले बोलाएकी छन्।  

प्रतिक्रिया दिनुहोस