aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

माल्या, मोदी र चोकसीबाट ठुलो रकम असुली, एसबीआईले उठायो हजारौँ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ साउन २०७८
माल्या, मोदी र चोकसीबाट ठुलो रकम असुली, एसबीआईले उठायो हजारौँ करोड

एजेन्सी। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले देशबाट फरार रहेका विजय माल्या, नीरव मोदी र मेहुल चोकसी जस्ता भगौड़ा व्यवसायीको सम्पत्ति जफत गर्ने काम गरेको छ। इडीले यी सम्पत्ति उनीहरूको फसेको रकम असुली होस् भन्ने उद्देश्यले  विभिन्न बैङ्कहरूलाई दिएको छ। हालसालै यस्तो पीडित एक बैङ्क एसबीआईले यस्ता समान र सम्पत्ति बिक्रीबाट करोडौँ रुपैयाँ प्राप्त गर्‍यो।

शुक्रवार एसबीआई-नेतृत्वमा रहेको बैङ्क कन्सोर्टियमका लागि डेब्ट रिकभरी ट्रिब्यूनल (डीआरटी) ले किंगफिशर एयरलाइन्सको सेयर बेचेर ७९२.११ करोड रुपैयाँ सुरक्षित गरेको छ। यी सेयरहरू इडी द्वारा बैङ्क समूहलाई हस्तान्तरण गरिएको थियो।

विगतमा एसबीआईले सम्पत्ति लिक्विडेसनबाट कूल ७१८१.५० करोड प्राप्त गरिसकेको छ। यसका लाग उसले सम्पत्ति लिक्विडेसन मार्फत दुई अलग किस्तामा रकम प्राप्त गरेको थियो। यसमा उसले  पहिलो किस्तामा १३५७ करोड र दोस्रो किस्तामा ५८२४. ५० करोड प्राप्त गरेको थियो।

एसबीआईको विजय माल्याले दुवैको कुल ९९०० करोड रुपैयाँ हो। यसमध्ये करिब ८१ प्रतिशत अब एसबीआई कन्सोर्टियमले रिकभर गरिसकेको छ। विजय माल्याको ऋण र धोखा धडी प्रकरणमा मनी लान्डरिंगको छानबिन गर्दा ईडीले धेरै सम्पत्ति हात परेको थियो। यसमा माल्याको कम्पनी युनाइटेड बेभियर्स लिमिटेड (यूबीएल) र किंगफिशर एयरलाइन्स लगायत कम्पनीहरूको सम्पत्ति समावेश थिए।

ईडीले विजय माल्या, नीरव मोदी र मेहुल चोकसीको मामलामा हालसम्म जम्मा १३ हजार १०९.१८ करोड रुपैयाँ उठाइसकेको छ। यसका लागि उसले कब्जा गरेको सम्पत्ति या त सम्बन्धित बैङ्क समूहलाई हस्तान्तरण गर्‍यो वा तिनीहरू सरकारसँगै छन्।

बैंकहरूमा ऋण र धोखाधडीको मुद्दामा फसेका विजय माल्या लामो समयदेखि भारतबाट भागेर बेलायतमा बसिरहेका छन्। भारत सरकारले उनको  प्रत्यर्पणका लागि अदालतमा मुद्दा लड्यो  र अब विजय माल्यालाई भारत प्रत्यर्पण गरिने निश्चित भएको छ। यस सम्बन्धमा विजय माल्यालाई युके सुप्रीम कोर्टमा अपिल दायर गर्न प्रतिबन्ध लगाइएको छ।

माल्या बाहेक मेहुल चोकसी र नीरव मोदीको पीएनबीसँग १३ हजार करोडको ऋण ठगी रहेको छ। यी दुई केसमा भारतीय बैंकहरूको २२५८५.८३ करोड रुपैयाँ फसाएका छन्। यस मुद्दाको अनुसन्धानमा ईडीले हालसम्म १८२१७.२७ करोडको सम्पत्ति कब्जा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस