
एजेन्सी। भारतको केन्द्रीय गृह मन्त्रालयले दुई दिन अघि कोभिड १९ को बढ्दो 'आर भ्यालु' को बारेमा सबै राज्यहरूलाई सचेत गराएको छ। त्यहाँका गृह सचिव अजय भल्लाले राज्यहरूलाई पठाएको पत्रमा लेखेका छन् कि तपाईँलाई सचेत हुनुपर्दछ कि 'आर भ्यालु' १ भन्दा भन्दा बढी हुनु भनेको कोभिड १९ को महामारी बढेको सङ्केत हो।
उनले थप निर्देशन दिएका छन्, 'तसर्थ यो अत्यन्त महत्त्वपूर्ण छ कि सतर्कता र मास्कहरूको प्रयोग, सामाजिक दूरी र अन्य कोरोना सङ्क्रमणको रोकथामका उपायहरू अवलम्बन गर्ने र स्वास्थ्य मापदण्डलाई भिडभाड भएका क्षेत्रहरूमा कडाइका साथ पालना गर्नुहोस्।"
त्यसो भए अब जान्न जरुरी छ कि के हो यो, 'आर भ्यालु' . जसको बारेमा भारत सरकार यति चिन्तित देखिन्छ? यसको वृद्धिको कारण किन लकडाउनको जोखिम बढ्दै छ? 'आर भ्यालु' ले कोरोना सङ्क्रमणमा भएको वृद्धिलाई कसरी सङ्केत गर्छ ?
के हो 'आर भ्यालु'
डेटा वैज्ञानिकहरूको अनुसार, कोरोना 'आर भ्यालु' को मतलब सङ्क्रमण दर हो। यसले बताउँछ कि कति जना एक सङ्क्रमित व्यक्तिद्वारा थप सङ्क्रमित हुन सक्छन् । यदि यदि आर फ्याक्टर भन्दा बढी छ भने यसको मतलब सङ्क्रमण बढ्दै छ। त्यसै गरी आर फ्याक्टर १ भन्दा कम भए त्यसले सङ्क्रमणमा कमी आएको देखाउँछ।
यसलाई सहज रूपमा यसरी बुझ्न सकिन्छ कि यदि १०० जना व्यक्ति सङ्क्रमित छन् र तिनीहरूबाट थप १०० व्यक्ति सङ्क्रमित हुन्छन् भने 'आर भ्यालु' १ हुन्छ। तर यदि तिनीहरू बाट १०० भन्दा कम मात्र व्यक्तिहरू सङ्क्रमित 'आर भ्यालु' १ भन्दा कम हुन्छ।
भारतको चेन्नईमा त्यहाँको गणित विज्ञान संस्थान (आईएमएससी) को अध्ययन अनुसार हाल सो प्रान्तमा 'आर भ्यालु' १.० भन्दा कम छ। केही राज्यमा यो तीव्र गतिले बढिरहेको छ। मे महिनाको मध्यमा भारतको 'आर भ्यालु' शून्य दशमलव ७८ थियो। यसको मतलब १०० व्यक्तिले ७८ जना व्यक्तिलाई मात्र सङ्क्रमित गर्न सक्षम थिए। तर जुन महिनाको अन्त्यमा र जुलाईको पहिलो हप्तामा आर मूल्य शून्य दशमलव ८८ मा बढेको छ। त्यो हो, १०० व्यक्तिले ८८ जना मानिसहरूलाई सङ्क्रमित गर्दै छन् ।
यस अध्ययनका अनुसार मार्च देखि अप्रिल २१ बिचको आर मूल्य १.३७ थियो। यस कारणले गर्दा यस समयमा सङ्क्रमितहरू द्रुत रूपमा बढ्दै थिए र दोस्रो छाल चरम बिन्दुतिर बढेको थियो। अप्रिल २४ देखि मे १ को बिचमा 'आर भ्यालु' १.१८ थियो। त्यसपछि १.१० मा झर्यो। नतिजा स्वरूप सङ्क्रमण पनि घट्दै गयो।
कति छ नेपालमा आर भ्यालु
हाम्रो देशमा अहिलेसम्म यसको अध्ययन भएको छैन। तर, के स्पष्ट हो भने एक महिना अघि जुन बेला हामी कोरोना सङ्क्रमणको उच्चतम बिन्दुमा थियौँ त्यो भन्दा अहिले कम छ। तर, पछिल्ला दिनमा यो डर फेरी बढ्न थालेको छ, भारतमा झैँ। अझ सबैभन्दा चिन्ताको कुरा यो हो कि अहिले नेपालको सहरी क्षेत्रमा तुलनात्मक रूपमा कम भए पनि ग्रामीण भेगमा कोरोना व्यापक रूपमा फैलिएको छ।
पूराका पुरा गाउँ नै सङ्क्रमित भएको तर परीक्षण नभएको खबर लगातार रूपमा आइरहेका छन्। एउटा गाउँमा ३६ जनाको परीक्षण गर्दा ३४ जना पोजेटिभ भेटिएको समेत समाचार भर्खर नै सार्वजनिक भएको छ। पहाडी भेगका गाउँ नै सङ्क्रमित भएपछि त्यस्ता क्षेत्र नै सिल गर्न थालिएको छ। जसले गर्दा पुन आर भ्यालु बढेर लकडाउनको घोषणा गर्ने अवस्थामा सरकार पुग्न सक्छ।
त्यसैले सब जनाले सङ्क्रमण दर कम गर्न आवश्यक सचेतना अपनाउनु जरुरी छ। सर्व साधारणले जति सचेत भएर स्वास्थ्य मापदण्ड पुरा गर्यो यो डर त्यति नै कम हुने हो।
प्रतिक्रिया दिनुहोस