aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो, भोट हाल्नेछौंः सांसद झाँक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो, भोट हाल्नेछौंः सांसद झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतदिने बताएकी छिन् । सांसद झाँक्रीले आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– हामीले ७६ (५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि  त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।

साथै उनले सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह पनि गरेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस