aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गरेका हुन् । 
    
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस