
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार विश्वसको मत विभाजनमा पक्षमा १६५ मत विपक्षमा ८३ मत परेको छ । नेपालको संविधानको धारा ७६ (६) का प्रधानमन्त्री देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार देउवाले विश्वासको मत पाएका हुन ।
अब देउवाले विश्वासको मत पाएसँगै ससदको कार्यकाल पूरा हुनेछ । संसदमा २४९ जना ससदहरुको उपस्थिति रहेकोमा एक जना संसदले भने तठस्त रहेका थिए । अबको प्रतिनिधिसभा बैठक साउन ८ गते बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस