aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

पैसाले पुग्यो, राकेश झुनझुनवाला शुरु गर्दैछन् अब अर्कै काम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ साउन २०७८
पैसाले पुग्यो, राकेश झुनझुनवाला शुरु गर्दैछन् अब अर्कै काम

एजेन्सी। भारतीय शेयर बजारका अनुभवी लगानीकर्ता राकेश झुनझुनवाला अहिले ठुलो स्तरमा परोपकारी कार्यमा लागि परेका छन्। उनिपहिले नै परोपकार कार्यमा खर्च गर्दै आएका थिए। तर, अब उनले सो कार्यको लागि ५ अर्व भारतीय रुपैयाँ पुँजी भएको एउटा संस्था नै स्थापना गर्ने निर्णय गरेका छन् ।

मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसले आइतबार आयोजना गरेको एक कार्यक्रममा राकेश झुनझुनवालाले भने, "मसँग पैसा छ, तर यो खर्च गर्ने हिम्मत म जुटाउन सक्दिन। अब म परमेश्वरसँग अझ बढी पैसा माग्दिनँ, म यो बल भगवानसँग माग्न चाहन्छु कि मसँग भएको पैसा आम मानिसहरूको हितको लागि खर्च गर्न सकौँ।"

इकोनोमिक टाइम्समा प्रकाशित  समाचारका अनुसार राकेश झुनझुनवालाले सेरेर फाउन्डेसन नामको एक परोपकारी फाउन्डेसन स्थापना गर्न लागेका छन् र उनले ५ अर्व भारु पुँजी त्यसमा राख्नेछन्। यो एक पेशेवर व्यक्ति द्वारा सञ्चालित हुनेछ र राम्रो मान्छेहरू यस प्रोजेक्टमा जोडिने छन्। यद्यपि राकेश झुनझुनवालाले  यस संस्थाको विषयमा विस्तृत रूपमा वर्णन गरेनन्। तर, हालसालै उनले स्वास्थ्य सेवा जस्ता क्षेत्रमा ठुलो लगानी गरेका छन्।

शेयर बजारबाट अर्वौं  कमाएका अनुभवी लगानीकर्ता राकेश झुनझुनवालाको लगानी पोर्टफोलियो करिब दुई खर्व भारतीय रुपैयाँको रहेको छ । झुनझुनवालाले आफ्नो वार्षिक आम्दानीको २५ प्रतिशत भारतमा जन कल्याणको लागि दान गर्दै आइरहेका छन्। गएको एक वर्षमा राकेश झुनझुनवालाको पोर्टफोलियो दोब्बर भएको छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने भारतमा आजिम प्रेमजी, शिव नादर जस्ता उद्योगपतिहरू परोपकारी कार्यमा धेरै अगाडि छन्। विप्रो, एचसीएल बाहेक रिलायन्स फाउन्डेसन पनि परोपकारी कार्यमा संलग्न छ। एक दिनमा २२ करोड र एक वर्षमा ७९ अर्व ४ करोड भारु  चन्दा दिने अजीम प्रेमजी आर्थिक वर्ष २०२० मा सबैभन्दा बढी दाङ गर्ने भारतीय समेत बने।

प्रतिक्रिया दिनुहोस