
काठमाडौँ । अमेरिका, बेलायत र युरोपीय संघले चीनमाथि ठुलो साइबर हमला गरेको आरोप लगाएका छन् । यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दाबि गरिएको छ । यसको कारणले विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएका थिए ।
बेलायतले यस हमलाको लागि चीन सरकारद्वारा समर्थन गरिएका पक्ष जिम्मेदार भएको बताएको छ । त्यस्तै युरोपिय संघले चीनको क्षेत्रबाट यो साइबर हमला गरिएको दाबि गरेको छ । यसलाई चीनको स्टेट सेक्युरीटी मन्त्रालयको व्यापक जासुसी गतिबिधिलाई अगाडी बढाउने दुस्सहास पूर्ण व्यबहार भनिएको छ । तर चीनले अभ्ने आफूमाथि लागेको साइबर हमलाको विगतमा अस्वीकार गरिरहेको छ ।
बेलायतका विदेशमन्त्री डोमिनिक रावले चीनको समर्थित समुहद्वारा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा हमला गरिएको भन्दै यो दुस्साहसपूर्ण काम भएको बताए ।
त्यस्तै युरोपेली संघले यस हमलाबाट युरोपीय संघको सरकारी र निजी संस्थालाई आर्थिक नोक्सान भएको बताएको छ । संघले साइबर हमला गर्नेहरु चीनको स्टेट सेक्युरिटी मन्त्रालयसँग सम्बन्धित समुहहरु रहेको बताएको छ ।
त्यस्तै अमेरिकाले चीनले इन्टेलिजेन्स इन्टरप्राइजेज निर्माण गरेको भन्दै यसमा ह्याकरको समुह समेत सामेल रहेको बताएको छ । अमेरिकाले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्नुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस