
काठमाडौँ। कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष शतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५-०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ ।
कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो ।
विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा २५० प्रतिशत कमी आएर १ लाख ४१ हजार ९७७ पुगेको छ ।
गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भएपनि हाल कोरोनाका कारण घटेको हो । अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबै भन्दा बढी ८१ हजार ५६७ रहेकोमा गत आवमा सो संख्यामा शतप्रतिशत कम भई ४० हजार ४४६ मा सीमित भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले कारोनाका विश्वव्यापी श्रम बजारमा संकुचन आएका कारण श्रम गन्तव्यमा जाने नेपालीको संख्या घटेको बताए ।
यसैगरी अघिल्लो आवमा युएई जाने नेपाली युवाको संख्या ९३ हजार ४२२ रहेकोमा गत आवको सो संख्या शतप्रतिशले कमी आएर ४० हजार ४५६ ४२४ मा सीमित भएको छ । यसैगरी अघिल्लो वर्ष साउदी अरब जाने नेपालीको संख्या ८३ हजार १६३ मा शतप्रतिशत नै कमी भएर ४६ हजार ७९६ मा झरेको छ । यो संख्या संस्थागत, वैधानिकरण, व्यक्तिगत र पुन श्रम स्वीकृति हो । यसमा पुनः श्रम स्वीकति लिएर जानेको संख्या बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस