aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नक्कली समाचार रोक्न  एक करोड ८० लाख पाउण्ड खर्च गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
नक्कली समाचार रोक्न  एक करोड ८० लाख पाउण्ड खर्च गरिने

लण्डन । संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ ।

उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् । “विश्वका जम्म १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ, ” बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,” उहाँले बताउए । सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ ।

बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो । प्याकेज पूवी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियानस्वरूप ल्याइएको हो । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस