aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

राष्ट्रपतिमाथि महाभियोगको चर्चा, एमालेकै ७ जना थपिए दुई तिहाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
राष्ट्रपतिमाथि महाभियोगको चर्चा, एमालेकै ७ जना थपिए दुई तिहाई

काठमाडौं । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । 

विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस