aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन् । 

अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न आज साँझ प्रधानमन्त्री देउवा खुमलटार पुगेका अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिए । 

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो । अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले भने ।  स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत छन् । 

प्रतिक्रिया दिनुहोस