aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

एक स्कुपकै लाख रुपैयाँ पर्ने आइसक्रिम !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
एक स्कुपकै लाख रुपैयाँ पर्ने आइसक्रिम !

एजेन्सी । तपाइले जीवनमा सबैभन्दा महँगो चिज के खानु भएको छ ? त्यो कति खानु भयो ? अवश्य पनि तपाइलाई अचम्म लाग्ला की यही दुनियाँमा एक स्कुप आइसक्रिमलाई एक तोला सुन किन्न पुग्ने पैसा पर्छ । र, त्यस्तो आइसक्रिम किनेर मानिसहरू खाइरहेका छन् ।  

ट्राभल ब्लगरकोरुपमा परिचित सहनाज ट्रेजरीले हालै आफ्नो यूटुब र इन्स्टाग्राममा भिडियो र तस्बिरहरू पोस्ट गरेका छन् । जसलाई उनले दुबईको यात्रा गरेका बेला खिचेका हुन् । 

सो भिडियो र फोटोमा संसारकै सबैभन्दा महँगो आइसक्रिमकोबारेमा बताइएको छ । यो दुनियाँको सबैभन्दा महँगो आइसक्रिमको नाम हो ब्लाकडाइमन जसको एक स्कुप खरिद गर्न ८४० अमेरिकी डलर अर्थात् एक लाख नेपाली रुपैयाँ भन्दा बढी पर्छ । 

जो कोहीलाई लाग्न सक्छ के कारण यो आइसक्रिम यति महँगो भएको होला ? खासमा यसमा हालिने वस्तुहरूको कारण नै यसको मूल्य यति धेरै भएको हो । फ्रेस भेनिलाबाट बनाइएको यो आइसक्रिममा अत्यन्त उच्च स्तरको केशरसमेत मिसाइएको हुन्छ ।

खाने ग्राहकको आँखामै अगाडी यो आइसक्रिम बनाइन्छ । र, ग्राहकलाई दिनु पूर्व यसमा २३ क्यारेटको खानयोग्य सुनको गार्निस गरिन्छ । त्यति मात्रै होइन यो आइसक्रिम पस्कने तरिकासमेत उस्तै भिन्न छ । यो आइसक्रिम सर्भ गर्ने कप सुनले लेपन गरिएको हुन्छ । यो आइसक्रिम दुबइको जुमेरियाह रोडमा अवस्थित स्कुपी क्याफेमा मात्रै पाइन्छ । यो क्याफेमा सुनबाटै बनेको ल्याते कफी पनि बिक्री गरिन्छ । जसको नाम गोल्डकफि राखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस